बाबियाचौर (म्याग्दी), ५ मङ्सिर । म्याग्दीको मुदीमा भिरबाट लडेर शुक्रबार एक बालकको मृत्यु भएको छ ।
मुदी–६ खाम्लामा घाँस काट्ने क्रममा भिरबाट लडेर १० वर्षीय तेजप्रसाद विकको मृत्यु भएको स्थानीय चन्द्रज्योति माविकी प्रअ थमसरा पुनले जानकारी दिनुभयो ।
विक चन्द्रज्योति माविमा कक्षा ४ मा अध्ययनरत थिए । विकको घटनास्थलमै मृत्यु भएको हो । रासस















प्रतिक्रिया