२२ कार्तिक २०८३, आइतबार

निर्वाचन कार्यालयमा सकेट बम फेला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेखु (धादिङ), ३ मंसिर । जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा अज्ञात समूहले राखेको सकेट बम आइतबार फेला परेको छ । कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको हो ।

कार्यालयको ढोकामै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछार बजार क्षेत्रलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । निर्वाचन बहिष्कार गर्ने नेकपाले बम राखेको केसीको भनाइ छ ।

कार्यालयमै बम भेटिएपछि त्यहाँको कामसमेत प्रभावित भएको छ । बम निष्क्रिय पार्न नेपाली सेनाको टोलीले प्रयास गरिरहेको छ । –रासस