झलारी (कञ्चनपुर), २ मंसिर । कञ्चनपुरको झलारी बाट प्रकाशित हुने यसै पहिचान खबर नेपाली दैनिक पत्रिकाका सम्पादक डि.वी कुश्मीमाथि शुक्लाफाँटा नगरपालिका– २ का वडा अध्यक्ष शिवराज पनेरुले शुक्रबार हातपातको प्रयास गर्दै ज्यानमार्ने धम्की समेत दिएका छन ।
झलारी स्थित शुक्लाफाँटा नगर प्रमुखकै कार्यकक्षमा वडाध्यक्ष पनेरुले कुश्मीमाथि हातपात गर्न खोज्दै नगर प्रमुखका सहयोगीहरुले उनलाई बचाएका हुन । नगर प्रमुखको कार्यकक्षमा समाचार संकलनका क्रममा त्यहाँ पुगेका कुश्मीलाई वडा अध्यक्ष पनेरुले पत्रिकामा प्रकाशित समाचार एवं विज्ञापन प्रकाशित भएको बिषयलाई लिएर हातपातमा उत्रिएका हुन ।
यसअघि पनिसमाचारमा आफ्नो नाम नआएको भन्दै गुण्डागर्दी शैलीमा पनेरुले समय समय पत्रकारलाई हप्काएका थिए । थारु पत्रकार संघका अध्यक्ष समेत रहेका कुश्मीलाई जातीय रुपमा विभेद गर्र्दै गालीगलौच समेत गर्नुका साथै पत्रिकाको कार्यालयमा समेत आगजनी गर्ने चेतावनी दिएको पत्रकार कुश्मीले बताए । ‘पत्रिकामा प्रकाशित समाचार र विज्ञापनको विषयमा छलफल गरी समस्याको समाधान खोजौला भन्दा पनि आक्रमण गर्र्न आए ।’
कुश्मीले भने–‘वडा अध्यक्षले आक्रमण र धम्की दिएकाले न्यायका लागि पत्रकार महासंघ र स्थानीय प्रशासनमा उजुरी दिएको वताएका छन ।’ पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले समाचारकै विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिनु गलत भएको बताएका
छन् ।
समाचारमा केही त्रुटी भए सम्बन्धित पत्रकार र सञ्चार माध्यम विरुद्ध सम्बन्धित निकायमा कारबाहीका लागि उजुरी दिन सकिने प्रावधान भए पनि पत्रकार कुश्मीलाई नगर पालिका जस्तो गरिमा भएको ठाउमा पत्रकारलाई नै मेयरको कार्यकक्षमा नै धम्की दिने कार्य गलत भएको बताए । उनले भने, ‘कानून हुँदा हुँदै कानुनको विरुद्धमा जाने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ ।’
पत्रकार डि.वि कुश्मीले आफुलाई शुक्रबार शुक्लाफाटा नगर पालिकाका वार्ड नम्बर २ का निर्वाचित वार्ड अध्यक्ष शिवराज पनेरुले तथानाम गाली गदै ज्यान मार्ने धम्की दिएको बताए । पत्रकार कुश्मीले आफ्नो ज्यानको सुरक्षाका लागि पत्रकार महासंघ कञ्चनपुरलाई शनिवार र आईतवार ध्यानाकर्षण गराउँदै वार्ड अध्यक्षविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता समेत दिने तयारी गरेका छन् ।
‘ज्यान मार्ने धम्की समेत दिएकाले दोषीलाई कारबाहीको लागि डटेर सामाना गर्छु,’ कुश्मीले भने–‘जनप्रतिनिधी जस्तो गरिमामय पद व्यक्तिको हर्कत समाजका लागि पाच्य थिएन ।’ नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा, थारु पत्रकार संघ र आदिवासी पत्रकार महासंघले पनि घटनाको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गर्दै प्रेश विज्ञप्ती जारी गरेका छन ।












प्रतिक्रिया