२२ कार्तिक २०८३, आइतबार

कांग्रेस नेता साउदलाई नागरिक अभिनन्दन, भन्छन्- मेरो अभिभारा थपिएको छ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता एनपी साउँद अभिनन्दित भएका छन् । काँग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा कञ्चनपुर क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार साउँदलाई कञ्चनपुरमा अभिन्दन गरिएको हो ।

चुनावी अभियानमा रहेका साउँदलाई स्थानीयले अभिनन्दन गरेपछि उनी भावुक हुँदै भने, ‘मेरो काँधमा जुन जिम्मेवारी छ, त्यो झनै बढेको छ । जनताले दिएको यो माया र सम्मान म देशको मुहार फेर्ने कामबाट तिर्ने छु ।’

आजै नेता साउँदले बैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभामा शुभकामना मन्तव्य राखेका छन् । सहकारीले आम नागरिकमा सहकार्यको भावना मात्रै वृद्धि गरेको नभएर आर्थिक रुपमा पनि सबल र सक्षम बनाउन ठूलो भूमिका निर्वाह गरेको बताए ।

त्यस्तै साउँदले आजै शुक्लाफाँटा नगरपालिाका वडा नम्बर ४ मा मतदातासँग भेटघाट गरेका छन् । त्यहाँ आयोजित चुनावी सभामा बोल्दै साउँदले आजसम्म लोकतन्त्रका लागि लडेको काँग्रेसको अबको यात्रा समृद्धितर्फको भएको बताए । सोही सभामा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रदेशसभा उम्मेदवार बहादुर सिंह थापाले पनि सम्बोधन गरेका थिए ।

आजै साउँदले कृष्णपुर नगरपालिका अन्तर्गत पर्ने बंकका सीमान्तकृत बादी समुदायका समस्याका बारेमा चासो राखेका थिए ।

उनले अब स्वतन्त्रताको लँडाइभन्दा समृद्धि र आत्मसम्मानका साथ बाँच्न पाउने अभियानको सुरुवात भएको बताए । नयाँ संविधानले सबै नेपाली बराबर हैसियतको व्यवस्था गरेकाले अब बादी समुदायको समृद्धि, शिक्षा र आत्म सम्मानमा आफूले विशेष पहल गर्ने साउँदले बताए ।