२२ कार्तिक २०८३, आइतबार

कांग्रेसले संविधान बनायो, अब विकासका लागि भोट दिनुस्ः नेता सिंह

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेद्वार प्रकाशमान सिंहले लोकतान्त्रिक समावेशी सविधान जारी गरेर जनताका बिचमा आउँदा सन्तुष्टि मिलेको बताउनुभएको छ ।

देश र जनताका लागि बुवाआमाको सर्घषदेखेर नै आफु राजनीतिमा आएको बताउदैँ नेता सिंहले आफ्नो भित्री इच्छा असल नेताको रुपमा स्थापित हुन चाहेको बताउनुभएको छ ।

चुनावी घरदैलोको क्रममा आज क्षेत्र न १ को शखमूल क्षेत्रमा भएको भेलामा उहाँले असल नेताको रुपमा देशको आर्थिक विकासमा योगदान गर्ने आफ्नो मनोकाक्षा रहेको धारणा राख्नुभएको हो ।

नेता सिंहले आफ्नो क्षेत्रको मात्र नभई सिंगो काठमाडौँलाई स्वच्छ र सफा राख्दै सांस्कृतिक पर्यटनलाई अगाडि बढाउने योजना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ विपक्षीलाई पटकपटक सविधान जारी गर्न भन नेतृत्वको अवसर मिलेकै हो तर सविधान जारी नभएपछि काँगे्रसले नै तृत्व गरेर सविधान जारी भयो, सशस्त्र द्धन्द, फेरी नयाँ सविधान जारी गर्ने कामले विकासनिर्माणका काम अपेक्षाकृत गतिमा हुन नसकेको त्यसलाई पुरा गर्न रुख भोट दिनुहोस् ।’’

पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका पूर्व महामन्त्री समेत रहनुभएका नेता सिंहले किाँग्रेसकै नेतृत्वमा सविधानसभाबाट जारी सविधान कार्यान्वयन गर्दै लोकतन्त्र संस्थागत गर्न काँग्रेसको लाई मतदान गर्न आग्रह गर्नुभयो ।