काठमाडौं, २ मंसिर । हङकङमा आयोजित दौड प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक हात पारेको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हङकङको साई कुङ्गदेखि ट्युन मुनसम्म शुक्रबार अक्सफाम इन्टरनेशनलले आयोजना गरेको १०० किलोमिटर ट्रेल रेस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपाली सेनाका जम. पूर्ण कुमार तामाङको नेतृत्वमा सहभागी भएका त्रिभुवन आर्मी क्लबका ४ जना अल्ट्रा धावकहरुले १२ घण्टा १ मिनेटको समयमा उक्त दुरी पार गरी स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन् ।
हङकङको निकै प्रख्यात मानिने उक्त ट्रेल रेस प्रतियोगितामा विभिन्न देशका ५ हजार धावकहरुको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका जम. पूर्ण कुमार तामाङ सहित सुवेदार समिर तामाङ, जम.तिर्थ तामाङ र जम.वेद सुनुवारले सहभागिता जनाएका थिए ।
















प्रतिक्रिया