१ कार्तिक २०८३, आइतबार

सुपारी तस्करसँग साँठगाँठ गर्ने चार प्रहरी निलम्बित, तेइस कारबाहीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-policeसुरुङ्गा (झापा), ५  मंसिर । प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाले एक प्रहरी सहायक निरीक्षकसहित चार प्रहरीलाई निलम्बन गरेको छ भने २३ प्रहरी कारबाहीमा परेका छन् ।

इलाका प्रहरी कार्यालय काकँडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले दिनुभएको जानकारीअनुसार सीमा क्षेत्रमा रहेर प्रहरी अनुशासन र आचरण विपरीत काम गर्ने एक प्रहरी सहायक निरीक्षक, दुई हबलदार र एक सिपाही निलम्बनमा परेका हुन् ।

पूर्वी नाका काँकडभिट्टामा सुपारी तस्करसँग साँठगाँठ गरी प्रहरीको छवि विगारेको जनाउँदै उनीहरूलाई कारबाही गरिएको बताइएको छ ।