२२ कार्तिक २०८३, आइतबार

‘विकासको अभिभारा कांग्रेसले मात्र पूरा गर्न सक्छ’

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सन्धिखर्क(अर्घाखाँची) १ मंसिर । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेद्धार डाक्टर रामबहादुर विसीले नेपाली जनताले ७ दशक लामो संघर्ष गरेर ल्याएको लोकतन्त्र, गणतन्त्र, संघीयता र शान्ति प्रक्रियालाई संरक्षण र संस्थागत गर्दै मुलुकलाई आर्थिक संबृद्धि तर्फ लैजाने अभिभारा नेपाली कांग्रेसले मात्र पूरा गर्ने बताउनुभएको छ ।

पाणिनी गाँउपालिकाको पोखरीथोकमा आयोजित चुनावी सभालाई संबोधन गदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले जिल्लाको विकासको लागि पनि देशमा राजनीतिक स्थिरता चाहिने र कम्युनिष्टहरु संविधानसभाले टुंगो लगाईसकेको राजनीतिक व्यवस्थालाई खल्बल्याउन लागिपरेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक क्रान्ति सफल भैसकेकोले अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने र चुनावपछि बन्ने कांग्रेसी सरकारले विकास निर्माण र आर्थिक उन्नतिलाई जोड दिने पनि बताउनुभयो ।

उहाँले जिल्लाको पोखराथोक र पटौटीका बासिन्दालाई ढोरपाटन सड्कले सुविधा पुगेको बताउदै ढोरपाटन सडकको परिकल्पना र सर्भे गर्न स्वर्गिय काशिनाथ गौतमको योगदान रहेको चर्चा गर्नु भयो ।

प्रदेश सभा (ख)का उम्मेदवार हिम्मतबहादुर टण्डनले विकासका लागी आफ्ना प्रतिस्पर्धीले भन्दा आफुले धेरै काम गर्न सक्ने भएकाले मतदाताहरुले आफुलाई रोज्ने बताउनु भयो ।

उहाँले कांग्रेसले अरु पाटीले जनतालाई झुठा आश्वसन मात्र दिने गरेको गाँउ र शहरको विकास कांग्रेसको पालामा मात्र भएको पनि स्पष्ट पार्नुभयो ।

क्षेत्रीय सभापती तथा पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले पाणिनिको विकासका लागी नेपाली कांग्रेसले कुनै कसुर बाकी नराखेको र आउँदो दिनमा पनी २४ सै घण्टा पाणिनिको विकासमा लाग्ने बताउनु भयो ।

कार्यक्रममा पुर्व जिल्ला उपसभापति श्यामनाथ काश्यप, महाधिवेशन प्रतिनिधी इन्द्रमणि पौडेल, पोखराथोक सभापती रामप्रसाद गौतम, मैदान सभापति शालीकराम घिमिरे, वडा अध्यक्ष नेत्रप्रसाद भट्टराई लगाएतले देशलाई आर्थिक क्रान्तीको माध्यमबाट देसलाइ समृद्ध बनाउन कांग्रेसको जीत अपरिहार्य रहेको बताउनु भएको थियो ।

जिल्लामाप्रतिनिधी सभाका उम्मेदवार डा. रामबहादुर विसी, प्रदेश सभा (क) का उम्मेदवार विष्णु मुस्कान र (ख) का उम्मेदवार हिम्मतबहादुर टण्डनलाई जिताउन केन्द्रीय सदस्यहरु मानबहादुर विक, पुष्पा भुसाल, पुर्व मन्त्री रेवतीप्रसाद भुसाल लगायतका नेताहरु सक्रिय भएर लाग्नुभएको छ ।

पार्टी आन्तरिक विवादमा रुमलिदा दोस्रो संविधानसभाको निर्वाचनमा पार्टी पराजित भएको र अहिले कम्युनिष्टहरु साम्यवाद ल्याउने उद्घोष गर्दै हिडेकोले अर्घाखाँची कांग्रेसमा अभूतपूर्व एकता देखिएको छ ।

प्रतिनिधी सभाका लागि टिकटको दौडमा रहेका भुसाल १ नम्बरका हरेक कार्यक्रममा सहभागी भई कांग्रेसको पक्षमा भोट मागेका छन् । प्रदेश सभा (क) को लागि टिकटको दौडमा लागेका सवै नेताहरु नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेस सभा १ का उम्मेद्धार बिष्णुप्रसाद खनाल मुस्कान सँगसँगै गई भोट माग्दै आमसभालाई सम्बोधन गर्नमा व्यस्त छन् ।

प्रदेश सभा २ बाट टिकटको दौडमा लागेका महासमिति सदस्य यादवप्रसाद घिमिरे, महाधिवेशन प्रतिनिधीहरु इन्द्रमणि पौडेल, जयबहादुर टण्डन पनि चुनावी अभियानमा उम्मेदवार सँगसँगै हिंडेका छन् ।

समानुपातिकबाट दावेदार जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, पुर्व उपसभापति श्यामनाथ काश्यप लगायतका नेताहरु पनि उम्मेदवार सँगसँगै हिडी रुखमा भोट माग्नमा व्यस्त छन् ।

प्रत्यक्ष र समानुपातिकका दावेदार मात्र होईन स्थानिय तहको निर्वाचनमा सन्धिखर्क नगरपालिकाबाट प्रमुखमा विजयी भएका कमल भुसाल, सितगंगाका प्रमुख सूर्यपसाद अधिकारी, पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, भुमिकास्थान नगरपालिका उपप्रमुख खडानन्द बेल्बासे पनि कांग्रेसका उम्मेदवारलाई जिताउन लागिपरेका छन् ।

कांगेसका क्षेत्रिय समितिका पदाधिकारी, नगर कार्य समिति, स्थानिय तहका वडा अध्यक्ष तथा सदस्य, पार्टीका वडा सभापती, क्षेत्रिय प्रतिनिधि, क्रियाशिलदेखि शुभेच्छुक यसपाली कांग्रेसलाई जिताएर अघिल्लो पटकको मेख मार्न कस्सिएका छन् ।

त्यस्तै दलित संघ, कांँग्रेस शुभेच्छुक नेपाल प्रेस युनियन तथा काग्रेसका भातृ तथा शुभेच्छुक संस्था पनी कांग्रेसका उम्मेदवार जिताउन लागिपरेका छन् ।

जिल्ला बाहिर रहेका तरुण दल, नेपाल विद्यार्थी संघ, महिला संघाक प्रतिनिधीहरु पनि जिल्ला आउन थालिसकेका छन् ।

नेपाली कांग्रेस अर्घाखाँची प्रदेस सभा १ ले बागीमा गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका कांग्रेसका नेता पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसालले राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता र सामाजिक न्यायको एजेण्डा एकसाथ बोकेर हिड्ने नेपाली कांग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजान सक्ने बताउनु भएको छ ।

उहाले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकोले अब नेपाली कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताउदै आगामी १० बर्षमा देशलाई समुन्नतिको शिखरमा पुर्याउने कार्यक्रम कांग्रेससंग मात्र भएको उल्लेख गर्नुभयो । नेपाली कांग्रेस अर्घाखाँची प्रदेस सभा १ ले बागीमा गरेको कार्यक्रममा बोल्दै नेता भुसालले अर्घाखाँचीलाइ कांग्रेसले पाँच बर्षमा देसकै नमुना जिल्ला बनाउने बताउनु भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेस सभा १ का उम्मेद्धार बिष्णु प्रसाद खनाल मुस्कानले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसको जीत अपरिहार्य भएको बताउनु भयो । उहाले वाम गठबन्धनले कांग्रेसलाइ झन बढि फाइदा भएको बताउदै कम्युनिस्टहरु धरासयी हुने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव बिष्णु भुसाल, महासमिति सदस्य केसब श्रेष्ठ, क्षेत्रीय सभापति केसवराज कुवर, महाधिबेसन प्रतिनिधि कृष्ण खनाल, छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, ६ नम्वर वडा अध्यक्ष कमल पौडेल, नेपाली कांग्रेसका जिल्ला सदस्य सिता भुसाल, पिताम्वर खनाल, तरुण दलका अध्यक्ष नारायण खड्का, नेपाली कांग्रेसका ठाकुर पन्थी, नेविसंघ पुर्ब अध्यक्ष प्रकाशचन्द्र भटराइ, क्षेत्रीय उपसभापति कृष्ण बेल्बासे, सचिव तारा फुल्लेल , सदस्य कविराम पन्थी लगायतले मन्तब्य राख्नु भएको थियो ।