१ कार्तिक २०८३, आइतबार

सामाजिक सञ्जाल ‘सगुन’ मार्फत यसरी गर्नुहोस् आम्दानी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ मंसिर । सामाजिक सञ्जाल सगुनले मिनी आइपिओबाट हालसम्म ३२ लाख अमेरिकी डलर अर्थात करिव ३२ करोड रुपैयाँ संकलन गरिसकेको छ । यहि नोभेम्बर ३० तारिखसम्मका लागि सेयर खुल्ला रहेकोले दैनिक सेयर लगानी थपिने क्रम बढ्दो छ । विदेशमा बस्ने नेपालीहरुले सगुनमा सेयर लगानी गरेर यसका उत्पादन र सेवा विस्तारमा हिस्सा लिएका छन् ।

फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालले प्रयोगकर्तालाई कनेक्ट र सेयरको मौका दिएका छन् । त्योभन्दा अगाडि बढेर सगुनले आफ्ना प्रयोगकर्तालाई ‘अर्न’ अर्थात कमाइ गर्ने अवसर समेत थप्दैछ । सगुनले ‘कनेक्ट–सेयर–अर्न’ लाई आफ्नो नारा नै बनाएको छ ।

हाल सगुनका १० लाख बढी प्रयोगकर्ता छन् । संख्यात्मक र गुणात्मक रुपमा सगुनका प्रयोगकर्ता बढाउन कम्पनीले प्रयास गरिरहेको बताएको छ । सगुनको मोवाइल एप आगामी महिना सार्वजनिक हुदैछ भने सोसल स्मार्ट कार्डको लागि समेत काम भैरहेको छ कम्पनीले जनाएको छ । गुगल, आइबिएम, पेटिएम, जोम्याट जस्ता कम्पनीमा काम गरिसकेका अनुभवी जनशक्तिसहित ४० भन्दा बढी कर्मचारी सगुनमा कार्यरत छन् । हाल उनीहरु मोवाईल एप र सोसल स्मार्ट कार्डलाई अन्तिम रुप दिन प्रयासरत छन् ।

‘सगुनलाई प्राप्त भएको लगानी, विश्वास र उत्प्रेरणाले हामी निकै उत्साही र गौरवान्वित छौँ’ सगुनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरी भन्छन्, ‘उत्कृष्ट सञ्जाल बनाउने हाम्रो अभियानमा विश्वभरीबाट लगानीकर्ताले सहयोग गर्नु भएको छ । विश्वभरका उपभोक्ताहरुको चासो र आवश्यकता सम्बोधन गर्ने उत्कृष्ट प्लेटफर्म बनाउन हामी मेहनत गरिरहेका छौँ ।’

आम प्रयोगकर्तालाई आपसमा जोड्ने मात्रै नभइ लगानी भएको समयबाट आम्दानी पनि गर्न सक्ने सामाजिक ई–कमर्स साइटको रुपमा सगुन उत्कृष्ट ठहरिने उनको विश्वास छ । ‘अहिले चल्तीमा रहेका सामाजिक संजालमा उपलब्ध सेवा सुविधाबाट असन्तुष्ट उपभोक्ताको जमात ठूलो छ । हाम्रो प्राविधिक टिम विश्वभरका उपभोक्ताको खाँचो पूरा गर्ने र सबैको मन जित्ने तयारीमा छ’ गिरीले भने ।

अमेरिकी कानुन ए प्लस अन्तर्गत नियामक निकायको अनुमतिमा सगुनले सन् २०१७ को सुरुआतमा प्रतिशेयर २३ डलरका दरले ३०० मा साधारण सेयर निष्कासन सुरु गरेको थियो । अहिले खुलेको दोस्रो चरणमा भने कम्तिमा १ हजार डलर लगानीको प्रावधान राखिएको छ । जसमा करिव ४३ किक्ता सेयर खरिदकर्ताले पाउनेछन् । लगानीकर्ताले बार्षिक आम्दानीको १० प्रतिशतसम्म लगानी गर्न सक्नेछन । पहिलो चरणमा विश्वभरबाट २ हजार बढी लगानीकर्ताले सेयरमा लगानी गरेका थिए । अहिले खुलेको दोस्रो चरणमा अमेरिकन कम्पनीमा लगानी गर्न पाउने देशहरुबाट यही नोभेम्बर ३० तारिखसम्म लगानी खुल्ला रहने छ ।

सगुनका प्रयोगकर्ताले स्ट्याटस पोस्ट गर्दा, म्यासेज गर्दा वा पोस्ट सेयर गर्दा आर्थिक लाभ लिन सक्नेछन् । त्यसका लागि सोसल स्मार्ट कार्ड सार्वजनिक गर्ने तयारीमा सगुन जुटेको छ । आफ्नो कामाईको केही हिस्सा आफ्ना प्रयोगकर्तालाई बाँड्ने सगुनको योजना रहेको छ । प्रयोगकर्तालाई लाभांश बाँड्ने योजनासहित आएको सामाजिक सञ्जाल सगुन नै पहिलो हो ।

सोसल मिडियामा सगुनले नयाँ सुरुवात गर्नेछ । अहिले स्थापित जतिपनि अमेरिकाबाट संचालित सामाजिक सञ्जालहरु छन् ती ई–कमर्शका लागि स्थापित हैनन् । प्रयोगकर्ता र बिक्रेताबीच सामाजिक सञ्जालमार्फत किनबेच बर्जित छ । प्रयोगकर्ताहरु ती संजालका आम्दानीका स्रोत भए पनि उनीहरुले त्यसको हिस्सा पाउँदैनन् ।

राम्रो सम्भावना बोकेका कम्पनीलाई अमेरिकाको नियम अनुसार सेयर जारी गरेर लगानी जुटाउने स्वीकृति प्राप्त हुन्छ । सगुन यो स्वीकृति पाएको कम्पनी हो जसमा थोरै पूँजी भएका सर्बसाधारण समेत सेयरमा हिस्सेदार बन्ने मौका पाउँछन् । यही व्यवस्था अनुसार सगुनले विश्वभरबाट व्यक्तिगत र संस्थागत लगानीका लागि शेयर खुल्ला गरेको छ । लगानी गर्न चाहनेहरुले आगामी नोभेम्बर ३० तारिखसम्म सगुनको वेवसाइट www.sagoon.com/invest मा गएर क्रेडिट/डेविड कार्डमार्फत पनि लगानी गर्न सक्नेछन् ।