२ कार्तिक २०८३, सोमबार

नवराज सिलवाललाई जिताउन मैदानमा आए पूर्व एसएसपी कुँवर, ललितपुरमा प्रभाव बढ्दै

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २ मंसिर । नेपाल प्रहरीको जागिर छाडेर नेकपा एमाले प्रवेश गरी चुनावी मैदानमा उत्रिएका पूर्व डीआईजी नवराज सिलवाललाई जनसमर्थन दिनप्रतिदिन बढ्दो छ । यसैक्रममा उनलाई जिताउन पूर्व एसएसपी बसन्त कुँवर पनि मैदानमा उत्रिएका छन् ।

वाम गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिलवाललाई चुनावी अभियानमा सघाउन पूर्व प्रहरी अधिकृतहरु खटिएका बेला कुँवर शुक्रबार सिलवालसँगै घरदैलोमा भटिए । गोदावरीमा घरदैलोमा व्यस्त सिलवाललाई साथ दिन कुँवर त्यहाँ पुगेका थिए ।

लागु औषधविरुद्ध नार्कोनन नेपाल सञ्चालनमा ल्याएर चर्चामा रहँदै आएका कुंवर सिलवालको घरदैलोमा उपस्थित भएपछि वाम नेता कार्यकर्तामा थप उत्साह बढेको बताइएको छ ।

सिलवाललाई यसअघि पूर्व एसएसपीहरु लव विष्ट, यादवराज खनाल र वलराम शर्मा पौडेलले निर्वाचनमा सफलताको शुभकामना दिदै प्रचारमा सघाउँदै आएका छन् । यता कुंवरले यसअघि नै नवराज सिलवालका विषयमा चलचित्र नै बनाउने घोषणा गरिसकेका छन् ।