काठमाडौँ, ५ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं बाहिरको धार्मिक भ्रमण रद्द बारे नेपालका कुटनीतिज्ञहरुले नेपालका राजनीतिक दलहरुको अपरिपक्ता र कुटनीतिक अदूरदर्शिता भएको अरोप लगाएका छन् ।
शुक्रबार रिपोर्टस क्लबले गरेको साक्षात्कारमा उनीहरुले यस्तो आरोप लगाएका हुन् ।
पूर्व परराष्ट्रमन्त्री डा. एवं भारतका लागि नेपालका पूर्व राजदुत भेषवहादुर थापाले नेपालका राजनीतिक दलहरुको अपपिक्वता र कुटनीतिक अदूरदर्शिताका कारण मोदीको धार्मिक भ्रमण रद्द हुने अवस्था आएको दाबी गर्नुभयो ।
मोदीले सार्क सम्मेलनमा सहभागी हुन नेपाल आउने क्रममा जनकपुर भ्रमण गर्ने कार्यतालिका थियो ।
सोही क्रममा मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि तय भएको थियो ।
तर, नागरिक अभिनन्दनको कार्यक्रम कुन स्थानमा गर्ने भन्नेमा प्रमुख राजनीतिक दलका नेताहरुबीच विवाद भएपछि मोदी भ्रमण रद्द भएको हो ।















प्रतिक्रिया