२२ कार्तिक २०८३, आइतबार

‘सत्तामा बसेर कांग्रेसले कुनै विकास गरेन, उल्टो खोला नाला बेच्ने काम गर्यो’

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शेरबहादुर शाह

अछाम, १ मंसिर । वाम गठबन्धको प्रदेशसभा अन्तर्गत चुनावी प्रचार प्रसार कार्यक्रम चौरपाटी गाउँपालिका १ को गैरिलेक बजारमा आज सम्पन्न भएको छ ।

अछाम प्रदेशसभा १ का उम्मेदवार गोविन्द कुवँरले चुनाव सम्पन्न भएपछि पार्टी एकीकरण हुनेकुरामा जनताले बिश्वस्त रहन हुन आग्रह र नेपालमा सबैभन्दा बढी नेपाली कांग्रेस सत्तामा रहेर काम गरिरहँदा कुनै विकास नगरेर यसको उल्टो खोला नाला बेच्ने काम गरेको आरोप लगाउनुभयो । कम समय एमाले सरकारमा रहँदा थुप्रै विकास गरेको बताउनुभयो ।

फरक प्रसङ्गमा बोल्दै कुँवरले आफू विजय भएपछि जिल्ला र चौरपाटी गाउँपालिका विकासको आफूले खाका बनाई सकेको बताउनुभयो । उहाँले आफुले कुनै स्वार्थको लागि उम्मेवदार नभई साफेबगर चौरपाटी सम्म र जिल्लाको सबै ग्रामिण स्तरका सडक गुणस्तर, गुणस्तरीय शिक्षा, खानेपानीको समस्या पुर्ति, देविस्थान बैजनाथ धार्मिक क्षेत्रको विकास गर्ने आश्वसन दिनुभयो ।

सभाका प्रमुख अतिथी एमाले प्रदेश सदस्य कुलबहादुर कुँवरले देश विकास गर्न बाम गठबन्धन आवश्यक रहेको बताउनुभयो । साफेबगर नगरपालिका प्रमुख समेत रहेका कुँवरले अछामको विकासका लागि बाम गठबन्धनले सधै अघि बढिरहेको र बामगठबन्धनले घोषणा गर्न वाँकी मात्र रहेको दावी गर्नुभयो । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य भरत बहादुर स्वारले देश विकास लागि बाम गठबन्धन भएको भन्दै सम्पुर्ण जनसमुदायलाई सुर्य चिन्हमा मतदान गरि बहुमतले विजय गराउन आग्रह गर्नुभयो ।

यस्तै सभामा नेकपा माओवादी केन्द्र आयोजक सदस्य तथा चौरपाटी गाउँपालिका चुनावी प्रचार प्रसार संयोजक राम बहादुर थापा, आयोजक कमिटी सदस्य टंक रावल, सुरत भुल, टेक बहादुर थापा एमाले प्रदेश आर्थिक सदस्य मीन बहादुर कुँवर, कानुन प्रदेश सदस्य खड्ग खड्का, माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य शंकरमान बोहरा, लाल बहादुर साउद, मनोज रावल एमाले जिल्ला सदस्य तथा चौरपाटी गाउँ संगठन कमिटी संयोजक राम बहादुर आउजी, नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य देब बहादुर साउद, युवा सँघ जिल्ला अध्यक्ष हिरेण्ड कुँवर, एमाले नेता मोहन बोहरा, महिला नेतृ हिरा साउद, एमाले वडा कमिटी पायलका उपाध्यक्ष अमर कुँवर लगायतले मन्तब्य राख्नु भएको थियो ।

नेकपा माओबादी केन्द्र वडा कमिटी अध्यक्ष देब बहादुर साउदको अध्यक्षतामा भएको सभामा स्वागत मन्तब्य एमाले नेता तथा चौरपाटी गाउँपालिका वडा नम्बर १ का शालिभान साउदले राख्नु भएको थियो । सभाको सञ्चालन झन्कर थापाले गर्नुभएको थियो ।