१२ मंसिर २०८३, शनिबार

फेरी जलायो नेकपाले मतदाता शिक्षा सामाग्री

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी
सल्यान, १ मंसिर । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सल्यानले मतदाता शिक्षा सामाग्री जलाएको छ । नेकपाले बिहीबार राती १० बजे जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १ मा जिल्ला निर्बाचन कार्यालयबाट खटिएका एक मतदाता स्वयमसेवकको घरबाट मतदाता शिक्षा सामाग्री नियन्त्रणमा लिएर जलाएको हो ।

बागचौर नगरपालिका १ कोटबेतका स्वमयसेवक तोला बस्नेतको घरमा राती करिब १० बजेको समयमा तीन जनाको अपरिचित समुहले मतदाता शिक्षा सामाग्री नियन्त्रणमा लिएर जलाएको बस्नेतले जानकारी दिए । यता प्रमुख जिल्ला अधिकारी परमानन्द घिमेरेले कानुनलाई हातमा लिएर अबाञ्छित कार्य गर्नेहरुको खोजी कार्य भैरहेको जानकारी दिएका छन् । उनले कानुनको धज्जी उडाएर कानुन बिपरित काम गर्ने जो कोहीलाई पनि नछोड्ने बताए ।

यसैबिच नेकपाका कार्यकर्ताहरुले बिहीबार दिउसो पनि मतदाता शिक्षा सामाग्री र उम्मेदवारका प्रचार सामग्री नियन्त्रणमा लिएर जलाएका थिए । बागचौर नगरपालिका–३ खालीमा माओवादी र एमालेका कार्यकर्ताका हातबाट आप्mनो कार्यकर्ताले पर्चा पम्पलेट खोसेर जलाएको जिम्मा नेकपाका जिल्ला ईन्चार्ज डिल्लीराज शर्माले लिएका छन् ।