काठमाडौँ, १ मंसिर । प्रधानसेनापति राजेन्द्र क्षत्रीले विभिन्न गण्हरुको निरीक्षण भ्रमण गरेका छन् । प्रधानसेनापति क्षत्रीले शुक्रबार मनाङको चामेस्थित केवलजंग गुल्म र पोखरास्थित पश्चिम पृतना हेडक्वाटरको निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त युनिटहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन नेपाली सेनाको तयारीको बिषयमा जानकारी लिएका थिए । निरीक्षण भ्रमण पछि क्षत्री शुक्रबारै काठमाडौं फिर्ता भएका छन् ।











प्रतिक्रिया