२२ कार्तिक २०८३, आइतबार

जिल्लाको समग्र विकास मेरो प्रमुख एजेण्डाः वाम उम्मेदवार सोडारी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– टेकराज भण्डारी

अछाम, १ मंसिर । नेकपा एमाले क्षेत्र नम्बर २ अछाम प्रदेश सभा ख का उम्मेद्धार बलबहादुर सोडारीले अछाम जिल्लाको समग्र विकासको लागि प्रदेश सभामा आवाज उठाउने बताउनु भएको छ ।

प्रदेश सभा ख र जिल्लाको शिक्षा, सडक, स्वास्थ्य, कृषि, पर्यटन, जलविद्युत, स्वरोजगार लगायतको विकासको लागि आफु सदैव लागिरहने बताउनु भयो । बाम गठबन्धनको संयुक्त चुनावि कार्यक्रम तथा घरदैलो पछि आज मंगलसैन नगरपालिका वडा नम्बर ७ मा आयोजित कोण सभामा बोल्दै सोडारीले मंसिर २१ गते पछि बामपन्थीवीच एकता भई स्थिर सरकार बन्ने र जनताका जनजीविकाका सवालमा बामपन्थी सरकारले अहिले सम्मकै उदाहरणीय काम गर्ने बताउनु भयो ।

आफ्नो प्रदेश सभामा बलाता, बस्ती, हिच्मा, ढुंगाचाल्ना लगायतका विकट क्षेत्र रहेकोले त्यस क्षेत्रको, पुर्वाधार विकास तथा एक घर एक रोजगारका लागि बामपन्थी सरकारले ठोस कार्यक्रम ल्याई जनताको वीवजनमा खुसीयाली ल्याउने बताउनु भयो ।

नेपाली कांग्रेसले भनेजस्तो अब जनताले रुन नपर्ने भन्दै प्रदेश सभा उम्मेद्धार सोडारीले कांग्रेसले पटक पटक बहुमत पाउँदा पनि सही तरीकाले सरकार चलाउन नसकेको र देशमा राजनीतिक विकृति विसंगति भित्रिएको दाबी गर्नुभयो ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा मंगलसैन नगर प्रमुख पदम बोहराले देशको विकासका लागि बामपन्थीले निकै संघर्ष गरेका र सरकार निर्माणको अवसर पाउँदा जनताका लागि लोकपिै्रय कार्यक्रम ल्याई जनताको मन जितेको बताउनु भयो ।

कांग्रेसले दुई तिहाई मत पाउँदा र बहुमत पाउँदा पनि जनतको लागि राहत भन्दा प्रजातन्त्र नै गुमाएको बताउदै अहिले बामपन्थी मिल्न खोज्दा अधिनाक हुन्छ भन्नु जनतालाई भ्रममा पार्नु बाहेक अरु केही नभएको बताउनु भयो ।

कांग्रेससंग झुटा बोल्ने अरु कुनै कुरा नभएको भन्दै विगतमा जेष्ठ नागरिकलाई मार्ने, मठ मन्दिर भत्काउने, आफन्तलाई नटेर्ने लगायतका झुटा भ्रम फैलाएको भन्दै सचेत नेपाली जनता अब त्यस्ता भ्रममा नपर्ने र बाम उम्मेद्धारलाई बिजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।

कोण सभामा एमाले प्रदेश कमिटी सदस्य भैरै कामी, एमाले जिल्ला सदस्य, दिपक अधिकारी, प्रभुनाथ भण्डारी, माओवादी केन्द्रका केन्द्रीय आयोजक कमिटि सदस्य रामराज नाथ, जिल्ला सदस्य कटक सोडारी, ज्ञान रावल, एमाले जिल्ला सदस्य नयन सोडारी, गंगा कामी, भीम रावल, प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारी, माओवादी केन्द्रका दान बहादुर रावल, नगर सदस्य भावना शाही, टंकप्रसाद भण्डारी, चन्द्र प्रसाद भण्डारी, वडा कमिटि अध्यष कालु सिंह विक, लगायतको सहभागिता रहेको थियो ।

कोणसभा अघि र पछि साबिकको जनालीवण्डालीका विभिन्न वडा तथा टोहरुमा घरदैलो कार्यक्रम गरि बाम उम्मेद्धारलाई बिजयी गराउन मतदातालाई आव्हान गरिएको थियो । कार्यक्रमको संचालन अनेरास्ववियू अछाम काठमाण्डौँ सम्पर्क मञ्चका अध्यक्ष रमेश भण्डारीले गर्नुभएको थियो ।