२२ कार्तिक २०८३, आइतबार

दौरा सुरुवाल महाकाल गाउँपालिकाको औपचारिक पोसाक

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १ मंसिर । ललितपुरको महाकाल गाउँपालिकाले कार्यलयको औपचारिक पोसाकको रूपमा दौरा सुरुवाल टोपी तथा साडी चोलीलाई अनिवार्य गर्ने भएको छ । गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधिहरुलाइ २०७४ कार्तिक ३० गते देखि औपचारिक घोषणासहित पोसाक घोषणा गरेको हो ।

ललितपुरको कर्णाली भनेर चिनिने यस गाउँपालिकाले राष्ट्रिय पहिचान संरक्षणार्थ यस्तो अभियान सञ्चालन गरेको बताइएको छ । देश भरीका स्थानीय तहका सरकारहरुलाइ प्रतिनिधित्व गर्ने गाउँपालिका प्रमुख श्री रामचन्द्र दाहालले विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा नेपाली सेनाका अवकाश प्राप्त पूर्व प्रधान सेनापति रुकमाङ्गत कटवालले नेपाल साँस्कृतिक रूपमा विश्वकै धनी राष्ट्र भएको बताए । साथै राष्ट्रिय पोसाक नेपाल एकीकरण हुनुभन्दा पहिला देखि नै नेपालीहरूले सम्मानका साथ लगाउँदै आएको र यसको संरक्षण गर्नु हरेक नेपालीको कर्तव्य रहेको कटवालले बताए ।

अभियानलाई विगत छ वर्षदेखि राष्ट्रिय रूपमा प्रस्तावित राष्ट्रिय पोसाक दिवस नै सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष राजानन्द माडण्यले बताए । उनका अनुसार हरेक राष्ट्रको पहिचान बोक्ने राष्ट्रिय पोसाक हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औपचारिक कार्यक्रमहरूमा सरकारमा रहेका अधिकारीहरूले आफू खुसी पोसाक लगाइरहेको र पोसाकको मर्मलाई चोट पु-याइरहेको उनले बताए । संस्थाले नेपाल सरकारसँग राष्ट्रिय पोसाकको माग गर्दै विभिन्न अभियानहरु सञ्चालन गरिरहेको र भावी दिनहरूमा पनि पोसाकको स्थापना नभए सम्म निरन्तर रूपमा सरकारलाई दबाब दिइरहने उनले बताए ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक विवश घिमिरेले राष्ट्रिय पोसाक देशको पहिचान र इतिहास भएकाले यसलाई जोगाएर राख्नु हरेक नेपालीहरूको कर्तव्य रहेको बताए ।