ललितपुर, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ललितपुर क्षेत्र नम्बर १ का अध्यक्ष प्रकाशबहादुर खत्री नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसद्वारा बिहीबार बेलुका आयोजित नव आगन्तुकलाई पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष खत्री विधिवत् रुपमा पार्टीमा प्रवेश गरेको बताइएको छ ।
खत्रीसहित ४० जना राप्रपाका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको सो क्षेत्रमा काँग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका अर्थराज्यमन्त्री उदयशम्शेर राणाले बताए ।
त्यस्तै गोदवारी नगर कार्यसमितिका नेकपा (एमाले) निकट युथ फोर्सका नेता सुरेश थापामगरसहित २० जना काँग्रेसमा प्रवेश गरेको उनले बताए । सो अवसरमा अर्थराज्यमन्त्री शम्शेरले संविधानको रक्षार्थ र कार्यान्वयनका लागि मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताउँदै संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेसको जित आवश्यक भएको धारणा व्यक्त गरे । –रासस











प्रतिक्रिया