२२ कार्तिक २०८३, आइतबार

मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ मंसिर । काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ ।

बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल सबार अमेरिकन नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका ग्रोबरलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचार गर्दागर्दै आज बिहान उहाँको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न दुवै सवारी साधनका चालक र सवारी साधनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस