१ कार्तिक २०८३, आइतबार

पाल्पाको मित्यालमा हावाबाट बिजुली निकालियो

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पाल्पा, १ मंसिर । पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालेपछि दुर्गम भेगका सरकारी कार्यालयको कामकाजमा सजिलो भएको छ ।

पिडा काठमाण्डौँ नेपाल, काठमाण्डौँ अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा मित्यालमा हावाबाट बिजुली बत्ती आएपछि विद्युत् सेवाबाट कार्यालयको काम सहज भएको हो ।

एक हजार २०० वाट क्षमताबाट निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र मित्याल स्वास्थ्य चौकीमा बिजुली बत्तीसंगै विद्युत्बाट आवश्यक पर्ने सबै काम गर्न सजिलो भएको वडाध्यक्ष नेउबहादुर सुनारीले बताउनुभयो ।

कम्प्युटर चलाउन तथा बत्ती बाल्न पाएपछि कार्यालयको कामसमेत प्रभावकारी भएको छ । बाक्लो मगर बस्ती रहेको मित्यालडाँडामा चलेको पङ्खाबाट बिजुली निस्केपछि गाउँका स्थानीयवासी दङ्ग छन् ।

मित्याल बजारको वडा कार्यालय प्राङ्गणमा रहेको एउटा पोलमा राखिएको पङ्खाबाट विद्युत् सेवा पाइने भएपछि हावाबाट बिजुली निस्कने कुरा विश्वास नगरेका यहाँका स्थानीयवासी अहिले भने अन्य पोलबाट गाउँ नै उज्यालो पार्ने कार्यतर्फ लागेको स्थानीयवासी धनबहादुर ठाडाले बताउनुभयो ।

मित्यालबाट निकट भविष्यमा नै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपालले पनि हावाबाट बिजुली निकाल्ने र निस्दी गाउँपालिकाका झ्याल्टुक, मौलाथर, घुम्सीवर र मित्याल बजार रुक्सेभन्ज्याङ्ग लगायतका सबै सरकारी तथा गैरसरकारी कार्यालयमा हावाबाटै बिजुली निकालेर सेवा दिने योजना रहेको केन्द्रले जनाएको छ । रासस