१२ मंसिर २०८३, शनिबार

वाम गठबन्धन कांग्रेसलाई हराउन नभई नेपाली जनताको भाग्य र भविष्यको लागिः खड्का

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १ मंसिर । दोलखा वाम गठबन्धनका तर्फबाट प्रदेश सभा १ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका नेता विशाल खड्काले अहिलेको एमाले–माओवादी केन्द्रबीचको वाम गठबन्धन नेपाली कांग्रेसलाई हराउन नभई आम नेपाली जनताको भाग्य र भविष्यको फैसला गर्नको लागि भएको बताउनुभएको छ ।

कांग्रेसलाई त विगतका चुनावमा माओवादी वा एमाले एक्लैले पनि हराएको बताउँदै खड्काले अहिलेको वाम गठबन्धन मुलुकको अग्रगामी रुपान्तरणका लागि भएको बताउनुभयो ।

प्रतिगामी र प्रतिक्रियावादी शक्तीहरुलाई परास्त गर्दै नेपाली कम्युनिष्ठहरुलाई संगठीत गरेर नेपाली जनताको भावनाअनुसार परिवर्तनको लागि भएकाले वाम गठबन्धनलाई दुई तिहाईभन्दा बढी बहुमत दिलाउन आग्रह गर्नुभयो ।

दोलखाको तामाकोशी गाउँपालिकास्थित मालुमा आयोजित चुनावी सभामा बोल्दै उम्मेदवार खड्काले एमाले र माओवादीबीचको एकता कार्र्यगत नभई रणनीतिक भएको र पछि गएर पार्टी एकतामा गएर टुंगिनेसमेत बताउनुभयो ।