गुल्मी, १ मंसिर । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सुखी गुल्मेली, संमृद्ध गुल्मी अभियानका साथ जिल्लाको विकास गर्ने बताउनुभएको छ । यस अन्तर्गत उहाँले घरघरमा धारा टोलटोलमा विकास अभियान अघि सार्नु भएको छ ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को दरबार गाउँपालिकामा चुनावी अभियानका क्रममा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार ज्ञवालीले आफूले गुल्मीको विकास गरेर जनतालाई समृद्धि बनाउने बताउनुभयो ।
उहाँले ५ बर्षभित्रै सबै गाउँपालिकाका सडक पिच गर्ने, खरको छानो हटाई जस्ताको छानो हाल्ने, प्रत्येक घरमा धारा, सबै घरमा बिजुली, पर्यटनको बिस्तार र बिकास, घरबार बिहिनलाई ५ बर्षभित्र जनता आवास अन्तर्गत घरबार, कालिगण्डकी करिडोर लगायतका सडक पिच, पाल्पा–तमघास सडक बिस्तार, रेसङ्गामा केबुलकार सुरु गर्ने योजना समेत सुनाउनुभयो ।











प्रतिक्रिया