पोखरा, ४ मंसिर । फ्लोरीकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजना तथा कृषि विकास मन्त्रालयको सहयोगमा पोखरा सभागृहमा भएको तेस्रो क्षेत्रीय गोदावरी प्रदर्शनी एवम् पुष्प व्यापार मेलामा करिब ३० लाख मूल्यबराबरको कारोबार भएको छ ।
मेलामा एक लाख बढीले अवलोकन गरेको मेला आयोजक समितिका संयोजक प्रेमबहादुर रानाले जानकारी दिनुभयो । मेलामा अपेक्षा गरिए भन्दा बढी आर्थिक कारोबार भएको थियो ।
यसपटकको प्रदर्शनीमा राखिएका ९० प्रतिशतभन्दा बढीको फुल बिक्री भएको बताइएको छ । मेलामा ३०० प्रजातिका पूmलका बिरुवा प्रदर्शनीमा राखिएको थियो । मेला गत सोमबारदेखि सुरु भई हिजो सम्पन्न भएको थियो ।
उक्त मेलामा व्यावसायिक नर्सरीका कट्फ्लावर, कृषि औजार, मल, बीउबिजनसहित ३० वटा कक्ष राखिएको थियो । पोखरामा रहेका १९ वटा नर्सरीको मेलामा सहभागिता रहेको थियो ।













प्रतिक्रिया