२ कार्तिक २०८३, सोमबार

सर्वोच्च अदालतद्धारा विपक्षी पार्टी विघटन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कम्बोडिया, ३० कात्तिक । कम्बोडियाको सर्वोच्च अदालतले मुख्य प्रतिपक्षी पार्टीलाई विघटन गरिदिएको छ । अदालतले पार्टीका एक सय भन्दा बढी नेताहरुलाई बिहीबार पाँच बर्षका लागि प्रतिबन्ध पनि लगाएको छ ।

विगत ३२ बर्ष देखि शक्तिमा रहिरहेका नेताहरुलाई हटाउनका लागि लडिरहेको ‘कम्बोडिया नेश्नल रेस्क्यु पार्टी’ (सीएनआरपी) पार्टीलाई अदालतले विघटन गरिदिएको हो ।

अदालतको आदेश सुनाउदै एक न्यायधीस दिथ मुन्टीले भन्नुभयो, “सीएनआरपीलाई विघटन गर्ने र त्यस पार्टीका ११८ जना उम्मेदबारलाई फैसला भएको मितिदेखि पाँच बर्ष सम्म राजनीति गर्न प्रतिबन्ध लगाउने निर्णय भएको छ ।”

न्यायाधिशले सीएनआरपी पार्टीलाई लगाएको आरोपका सीएनआरपी र अमेरिकाले अस्वीकार गरेको छ ।

अधिकारवादीहरुले अर्को बर्ष हुने निर्वाचनलाई अदालतलको आदेशले अवरोध पार्ने देखिएको बताएका छन् । प्रतिपक्षी दल तथा मानव अधिकारवादीहरूले भनेका छन्, “आदेशले स्वतन्त्र न्यायालयको खिल्ली उडाएको छ ।”

“यो कम्बोडियोको लोकतन्त्रको मृत्यु हो,” ह्युमन राईट्स वाचका फिल रोबर्टसनले भन्नुभयो । एएफपी