–हिमलाल पराजुली
स्याङ्जा, ३० कात्तिक । नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि दिपक लम्साल र राप्रपा क्षेत्रीय अध्यक्ष श्याम अर्यालसहित पाचँ दर्जन बढि नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । लम्साललाई स्याङ्जा सदरमुकाम र अर्याललाई वालिङमा बाम गठबन्दनद्वारा आयोजित चुनावी सभामा खादा र माला लगाएर एमाले अध्यक्ष केपी शर्मा ओलिले पार्टिमा प्रवेश गराएका हुन् ।
स्याङ्जा सदरमुकाममा एमाले प्रवेश गर्ने काँग्रेस महासमिति सदस्य दिपक लम्साल र उनकी श्रीमती महिला संघ केन्द्रीय सदस्य नन्द कुमारी लम्साल पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरुले केहि समय पहिला पत्रकार सम्मेलन गरि नेपाली काँग्रेस परित्यागको घोषणा गरेका थिए । सोहि सभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पनि विभिन्न पार्टि परित्याग गरि माओवादीमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए ।











प्रतिक्रिया