रुपन्देही, ३० काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार नेकपा मावोवादी केन्द्रका पोलिटब्यूरो सदस्य दधीराम न्यौपाने (माधब शर्मा)ले बाम गठबन्धन बाहेक मुलुकमा अर्को शक्तिले जनताको समस्याको निकास र जनताको आगनमा विकास दिन नसक्ने बताएका छन् । क्षेत्र नम्बर १ रुपन्देही को प्रदेश सभा २ को बिहीबार सम्पन्न तिलोत्तमा वार्ड नम्बर १० र १२ को घरदैलो कार्यक्रम तथा कार्यकर्ता भेटका क्रममा उनले यस्तो बताएका हुन् ।
आफूहरुलाई जनताको मत माथि कुनै शंका नभएको र अन्य पार्टिले बाम गठबन्धनलाई मत नहालेर मत खेर नजाओस भन्नेमा मात्र आफ्नो आशंका रहेको उनले बताए । जित हासिल मात्र आफ्नो उद्देश्य नरहेकोमा क्षेत्र नम्बर १ को समग्र विकास र उन्नति आफ्नो अन्तिम उद्देश्य रहेको उल्लेख गरे । अब जनताको जित नमुना क्षेत्रको रुपमा क्षेत्र नम्बर १ बाटै शुरुवात हुने भएकोले ढुक्क भएर मत दिन तिल्लोत्तमा नगरपालिका १० र १२ का स्थानीयलाई आग्रह गरेका छन ।
बाम गठबन्धन तिलोत्तमा नगरपालिका १० को चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत कान्छीबजारमा आयोजित चुनावी सभा तथा वार्ड नम्बर १२ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उमेदवार न्यौपानेले बाम गठबन्धनले नै मुलुकलाई राजनैतिक अस्थिरताबाट जोगाउने र स्थायी सरकार निर्माण हुने भएकाले यस क्षेत्रमा विकास हुने बताए ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार छबिलाल बिश्वकर्माले तिलोत्तमा नगरपालिका र समग्र क्षेत्र नम्बर १ लाई व्यवस्थित बनाउनका लागी पनि बाम गठबन्धनका उमेदवारलाई नै मत दिनुपर्ने बताए । आफ्नो क्षेत्र अन्तर्गत पर्ने ग्रामीण भेगको सडकलाई समेत सुधार गरी बजारसँग जोड्दै पर्यटन प्रवद्र्धनमा अगाडी बढाइने उनले बताए । त्यसैगरी उनले दलित, महिला, बेरोजगार, जनजाति र पीडितहरुको अधिकार सुनिश्चित गर्न बाम गठबन्धनलाई जिताउन पर्ने बताए । चुनाबी सफलतासँगै क्षेत्र नम्बर १ लाई नमुना बनाउनको लागि आफु हरदम प्रतिबद्ध रहेको र समग्र क्षेत्रको उचित व्यवस्थापन हुने बताए ।











प्रतिक्रिया