काठमाडौँ, ३० कात्तिक । रैथाने एकता परिषदले बाम गठबन्धनलाई विजयी गराउनको लागि मतदान गर्न सबैलाई आह्वान गरेको छ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सबै रैथाने नेपालीहरुको एकताको लागि बाम गठबन्धनलाई विजयी बनाउन परिषद्ले आग्रह गरेको हो ।
नेपाललाई सधैँ अस्थिर बनाएर कमजोर पार्ने विदेशी षड्यन्त्र ध्वस्त पार्न र नेपाल समृद्ध बनाउन बाम गठबन्धनलाई जिताउन आवश्यक रहेको परिषद्ले विज्ञप्तिमार्फत भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘ नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सबै रैथाने नेपालीहरुको एकताको पक्षधर बाम गठबन्धनले यो निर्वाचनमा बिजय प्राप्त गरेमा नेपाललाई कब्जा गर्ने अंगिकृतहरुको प्रयास असफल हुनेछ । नेपाललाई सधैँ अस्थिर बनाएर कमजोर पार्ने विदेशी षड्यन्त्र ध्वस्त हुनेछ, नेपाल समृद्ध बन्नेछ । रैथाने एकता परिषद यो निर्वाचनमा बाम गठबन्धनलाई मत दिई बिजय बनाउन परिषद्का सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र आम जनसमुदायलाई हार्दिक आह्वान गर्दछ ।’











प्रतिक्रिया