काठमाडौँ, ३० कात्तिक । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कले ‘तीनको तड्का’ नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्रि नेटटिभी प्रदान गर्ने योजनाको सुरुवात गरेको छ ।
तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छुट प्रदान गर्ने, सबै प्याकेजका बार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निशुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हालको ५ एमबीपीएसको प्याकेज लाई दोव्बर गरि १० एमबीपीएसको प्याकेजमा रुपान्तर गरिने जनाएको छ ।
पहिले देखिनै प्रदान गरिरहेको ५ एमबीपीएसको सेवा चलाईरहेका ग्राहकहरुले यो योजना अन्तरगत स्वतः १० एमबीपीएसको सेवा पाउने छन् । ५ एमबीपीएसको सेवा लिन चाहने ग्राहकहरुलाई बार्षिक रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, योजना अन्तरगतको छुटसहित जडान खर्च, राउटर तथा फाईवर तारको शुल्क बुझाउन नपर्ने भएको छ । साथै ३ महिनाका लागि निशुल्क नेट टिभि समेत समावेश गरिइएको छ ।
वर्ल्ड लिङ्कको २५ एमबीपीएसका प्याकेजको खरिदमा एक वर्षको भुक्तानी तथा नविकरण गर्दा प्याकेजमा छुटका साथै ६ महिनाको लागि निःशुल्क नेटटिभीको सेवा लिन सकिने छ । ५० एमबीपीएसको प्याकेजको खरिदमा बार्षिक भुक्तानी तथा नविकरण गर्दा १ बर्षकै लागि निशुल्क नेटटिभी तथा छुट समेतको योजना रहेको छ ।
कम्पनीको मुख्य उद्देश्य ग्राहक लक्षित भएकाले ग्राहकलाई प्रदान गर्ने सेवा सर्वसुलभ बनाउने, जहाँ पनि, जुनकुनै समयमा पनि, सबैलाई जोडने लक्ष्यअनुसार तीनको तड्का ग्राहक योजना तीन महिना सम्म लागू हुने कम्पनीले बताएको छ ।















प्रतिक्रिया