२२ कार्तिक २०८३, आइतबार

प्रदेश र केन्द्र दुवैमा वाम सरकारः पशुपति चौलागाईं, कांग्रेसका वडाध्यक्षले एमालेलाई सघाउने

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ३० कात्तिक । एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईंले एमाले र माओवादी केन्द्र प्राविधिक रुपमा मात्र फरक रहेकोले चुनाव लगत्तै पार्टी एकिकरण हुने बताएका छन् ।

विहिवार दोलखा जिल्लाका कालिञ्चोक गाउँपालिकामा आयोजित चुनावी सभामा बोल्दै उनले भने–‘दुई पार्टी राजनीतिक रुपमा एकै भएका छौं । प्राविधिक रुपमा मात्र चुनाव चिन्ह फरक हुन गएको हो । चुनाव पछि मिल्छौं ।’ उनले प्रदेश र केन्द्र दुवैमा वामपन्थी गठबन्धनको सरकार बन्ने र त्यही सरकारले जनताको मूहार फेर्ने काम गर्ने समेत बताए ।

दोलखा जिल्ला प्रदेश नम्बर २ का सांसद उम्मेदवार चौलागाईले राजनीतिक परिवर्तन भइसकेकाले अब आर्थिक समृद्धि र मुलुकको हितका लागि कम्युनिष्ट मिलेर स्थिर सरकार बनाउन लागेको जानकारी दिए । दोलखाको विकासका लागि आफूले हरतरहले पहल गर्ने चौंलागाईले जनतामाझ बताएका थिए ।

सुष्पा क्षमावती, सुनखानी, बाबरे, लामिडाँडासहितका चुनावी कार्यक्रममा सहभागी हुदै चौलागाईंले भूमिगत कालमा ती ठाउमा संगठन बनाउदै हिडेको स्मरण गरेका थिए । ‘मेरो लागि २ नम्बर क्षेत्रका गाउँ बस्ती नयाँ छैनन् । मैले ३० वर्ष अघि देखि घुलमिल गरेको क्षेत्र हो’, उनले भने ।

सुनखानी, कालिञ्चोक, कालिनाग, विगु गुम्बा, भीमेश्वरसहितलाई पर्यटन केन्द्र बनाउने, दोलखा बजारलाई सांस्कृतिक शहरको रुपमा चिनाउदै विश्व सम्पदा सूचीमा राख्न आफ्ना विभिन्न योजना उनले सुनाएका थिए । त्यस्तै, माथिल्लो तामाकोशीलगायत जिल्लामा पर्याप्त उर्जा शक्ति रहेकाले सही उपयोग गरी दोलखाली जनतालाई धनी बनाउन आफू दृढता पूर्वक लाग्ने चौलागाईले बताए ।

एमालेमा निष्कलंक छवी, लोकप्रिय युवा नेता र विज्ञ नेताको परिचय बनाएका पशुपतिलाई ३ नम्बर प्रदेशकै सम्भावित मुख्य मन्त्रीका रुपमा समेत हेरिएको छ । त्यसकारण पनि २ नम्बर क्षेत्रका जनता उनलाई जिताउन उत्साहित देखिएका छन् ।

‘गन्तब्य कालिञ्चोक कार्यक्रम’

यसैबीच, नेता चौलागाईंले बाम गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्दै कालिञ्चोक क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा बिकास गरी ‘गन्तब्य कालिञ्चोक कार्यक्रम’ ल्याई अघि बढाउन प्रतिबद्ध हुने बताएका छन् ।

कालिञ्चोकमा पर्याप्त खानी भएको उल्लेख गर्दै त्यसलाई खोज तथा अन्वेषन गरी संञ्चालनमा ल्याउने समेत बताए । उम्मेदवार चौलागाईलाई स्थानीयहरुले कालिञ्चोकमा चौरी व्यवसाय संकटमा रहेकाले त्यसलाई व्यवस्थित गरि आफुहरुको पेशा व्यवसायलाई जोगाईदिन अनुरोध गरेका थिए ।

चौलागाईले कालिञ्चोक क्षेत्रलाई आलुु पकेट क्षेत्रको रुपमा पनि बिकास गर्न सकिने उनले बताए ।

चुनाबी सभालाई सम्बोधन गर्दै माओवादी नेता नर बहादर पाख्रिनले प्रदेश नं. ३ का ६६ जना सांसदमध्ये पशुपति चौलागाईले सबैभन्दा धेरै मत ल्याएर विजयी हुने बताएका छन् ।

कांग्रेसका वडाध्यक्ष थामीले एमालेलाई सघाउने

यसैबीच, कालिञ्चोक गाउँपालिका १ का कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बाबुलाल थामीले एमालेलाई चुनावमा सघाउने भएका छन् । चुनावी सभामा मन्तव्य दिंदै उनले जिल्लाको विकास एमालेबाट मात्र सम्भव भएकाले केन्द्रमा पार्वत गुरुङ्ग र प्रदेश २ मा पशुपति चौलागाईंलाई जिताउन आफूहरु लाग्ने थामीले सुनाए ।