काठमाडौँ, ४ मंसिर । नेपाली काँग्रेसका युवा नेता एवं सभासद् गगन थापाले मंसिर ४ नेपालको लोकतन्त्रका लागि अविस्मरणीय दिन भएको उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्ने उहाँले मंसिर ४ को सम्झना गर्नुभएको हो । ‘आज संविधानसभा निर्वाचनको एक वर्ष पुगेको छ। बन्द, हड्ताल, बहिस्कार, डर, त्रास र धम्कीलगायतका अनेकन व्यवधानहरूलाई तोडेर गत वर्ष आजकै दिन जनताले आफ्नो मत प्रकट गरेका थिए, एउटा आशा, भरोसा र विश्वास लिएर,’ उहाँले स्टाटसमा लेख्नु भएको छ, ‘निर्वाचनका समयमा साथ दिने, सहयोग गर्ने, आशा र विश्वास प्रकट गर्ने सवैलाई सम्झेको छु।’
उहाँले आफ्ना वाचा र प्रतिवद्धता पनि सम्झेको उल्लेख गर्नुभएको छ । ‘यतिवेला निर्वाचनको त्यो उत्साह नरहे पनि त्यो परिणामलाई जोगाउनु छ। आशालाई विश्वासमा वदल्नु छ,’ उहाँले भन्नुभएको छ, ‘जनताले दिएको यो अवसर जोगाउन सकेनौं भने त्यसको परिणाम एक व्यक्ति, समुह वा एउटा दल विशेषले मात्र भोग्दैन, सिङ्गो मुलुक, हाम्रो लोकतन्त्र र हाम्रो समृद्धिको सपनाले नै मुल्य चुकाउनुपर्नेछ।त्यसैले हामी सवैले निर्वाचनका वेला जनताका बीचमा के सङ्कल्प गरेका थियौं र अहिले के गरिरहेका छौं सम्झौं,आत्मसमिक्षा गरौं।’















प्रतिक्रिया