बर्दिया, ३० कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं बर्दिया क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार बामदेव गौतमले नेपाली काँग्रेस नै बर्दियाको विकासमा कुनैपनि भुमिका नरहेको बताउँदै बर्दियालाई विकासको गतिमा अगाडी बढाउन चाहने कम्युनिष्टको पनि बाधक बनिरहेको बताए । उपाध्यक्ष गौतमले बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ६ दमौलीमा आयोजना गरिएको कार्यक्रममा २०५० सालमा निर्माण गरिएको बबई सिँचाई आयोजनामा काँग्रेसले गरेको बाधा र बाम गठबन्धनको चुनावलाई बिथोल्न कम्युनिष्टहरुलाई पैसाले खरिद्न खोजेको कुरा प्रष्ट्याए ।
गौतमले काँग्रेसले जस्तोसुकै षडयन्त्र र चालको गोटी खेलेपनि जनता काँग्रेससँग अर्को गोटी खेल्न तयार रहेको बताए । गौतमले नेपालको अबको विकास केवल बाम गठबन्धनको सरकारले मात्र गर्नेछ भन्दै उनले बाम सरकारको पहिलो काम भारतसँग प्रतिस्पर्धा गर्ने रहेको बताए । अबको ५ वर्षमा भारतसँग प्रतिस्पर्धामा उत्रने बताउँदै उपाध्यक्ष गौतमले १० वर्षमा चीनसँग प्रतिस्पर्धा गर्ने र १५ वर्षमा चीन भन्दा उत्कृष्ट हुने लक्ष्य रहेको बताए ।
गौतमले स्थानिय स्तरमा मात्र नभई समग्र देशकै विकासका लागी अबको बाम सरकारले चुस्त र दुरुस्त रुपमा काम गर्ने बताउँदै जनतालाई गठबन्धन सरकारलाई विश्वास गर्न आग्रह गरे । उनले बर्दियाको विकासका लागी अब आफुले कुनै कसर बाँकी नराखि काम गरेर देखाउने बताउँदै आफुलाई यो निर्वाचनमा जिताउन आग्रह पनि गरे ।











प्रतिक्रिया