२२ कार्तिक २०८३, आइतबार

बामपन्थीहरु मिलेर जनताको मुहारमा खुसी ल्याउनेः नेता पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३० कात्तिक । नेकपा एमालेका नेता तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ का उम्मेदवार शंकर पोख्रेलले बामपन्थीहरु मिलेर जनताको मुहारमा खुसी ल्याउने बताउनुभएको छ ।

विकसित देशहरुमा थोरै पार्टी रहेको चर्चा गर्नै एमालेका स्थायी कमिटि सदस्य समेत रहेका नेता पोख्रेलले पनि निर्वाचन पछि थोरै पार्टीहरु मात्र रहने बताउनुभयो ।

अधिकारको लडाई लड्दा मात्रै धेरै पार्टीहरुको आवश्यकता रहेको भन्दै उहाँले विकास र समृद्धिका लागि थोरै पार्टीहरु भए काफी हुने बताउनुभयो । बाम गठबन्धनको घोराही उपमहानगरपालिका वडा नम्बर १४ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता पोख्रेलले निजिकरणको नाममा नेपालका राम्रा कलकारखानाहरु समेत काँग्रेसका कारण बन्द हुने अवस्थामा रहेको उल्लेख गर्नुभयो । निजी क्षेत्रको सक्षमता विकासका लागि कम्युनिष्टको सरकार आबस्यक भैसकेको उहाको भनाई छ ।

एमालेकै सरकारको पालामा निर्माण भएको घोराहीका विभिन्न सडकखण्डहरुमा अहिले पनि दिगो अबस्थामा रहेको नेता पोख्रेलले बताउनुभयो । शान्ता चौधरीले निर्माण गरेको कटुवाखोला समयमै निर्माण सम्पन्न भएको चर्चा गर्दै कटुवा खोलाको पुल काँग्रेसकै कारणले समयमा निर्माण हुन नसकेको बताउनुभयो ।