काठमाडौँ, ३० कात्तिक । उद्यमशीलता प्रबर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको ‘इन्टरप्राइज नेपाल बिजनेस एक्सेलेरेटर प्रोग्राम’को तेस्रो संस्करण सकिएको छ ।
इन्टरप्राइज निजी क्षेत्रले सञ्चालन गरेको नयाँ अवधारणाको कार्यक्रम हो । यस कार्यक्रममार्फत नेपाली कम्पनीहरूलाई नयाँ अनि सिर्जनात्मक तरिकाले वस्तु उत्पादन, सेवा प्रवाह तथा लगानीका लागि पूँजी संकलन गर्न सिकाइने गरिन्छ । यो कार्यक्रमले सहभागी कम्पनीहरूको व्यापार व्यवसायलाई थप नयाँ उचाइमा पु-याउन मद्दत गर्दछ । जसले युवा पुस्तामा उद्यमशीलता प्रबर्द्धन गरि रोजगारीमार्फत मुलुककै अर्थतन्त्रमा योगदान पुर्याउन सकुन् भन्ने उदेश्यले यस कार्यक्रम संचालन गरिएको आयोजकले बताएको छ ।
इन्टरप्राइज बिजनेस एक्सेलेरेटरको तेस्रो संस्करणमा देशभरका एक हजारभन्दा बढी कम्पनी तथा तिनका प्रबर्द्धकले सहभागी हुने इच्छा राखेका थिए । तिमध्येबाट सबैभन्दा उपयुक्त ५ वटा कम्पनीहरू छानिएका थिए । एमिनेन्स वेज प्रालि, भूमि फुड प्रोडक्ट्स, कस्टमाइज्ड फर्निचर, सोर्स कोड प्रालि र द फिजिक वर्कशप यस कार्यक्रममा सहभागी हुन छानिएका कम्पनीहरू हुन् ।
बुधवार १२ हप्तासम्म सिकेका सैद्धान्तिकएवं व्यवहारिक ज्ञानका बारेमा प्रस्तुतीकरण (डेमो) गरेर इन्टरप्राइज कार्यक्रमको तेस्रो संस्करण पुरा गरिएको हो । ‘डेमो डे’का रूपमा होटेल -याडिसनमा २०० जनाभन्दा बढी लगानीकर्ता तथा सरोकारवालाको उपस्थितिमा सहभागी कम्पनीहरूले कार्यक्रमका उपलब्धीलाई संक्षिप्त रूपमा प्रस्तुतीकरण गरेका थिए ।
इन्टरप्राइज नेपालको लगानी, परामर्श तथा व्यवस्थापनको छेत्रमा काम गर्ने संस्था ट्रु नर्थ एशोसिएशन (True North Associates)को लगानी तथा व्यवस्थापनमा सञ्चालन भइरहेको कार्यक्रम हो । यो कार्यक्रम नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) को पहलमा ओक्लोहोमा विश्वविध्यालय अन्तर्गतको द रोनी के इरानी सेन्टर फर द क्रिएसन अफ इकोनोमिक वेल्थ (आईसीसीईडब्लु)को साझेदारीमा सुरुवात भएको हो । कार्यक्रमको तेस्रो संस्करणमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, एनएमबी बैंक लिमिटेड, ज्यागुवार इन्भेष्टमेन्ट प्रालि, आई. क्यापिटल प्रालि, एसीटी ३६० प्रालि, ओनियन फिल्म्स प्रालि तथा इमेजिंग प्रालिको सहयोग र सहकार्य रहेको छ ।















प्रतिक्रिया