गोरखा, ३० कात्तिक । गोरखामा नेकपा माओेवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी सुतली बम विष्फोट भएको छ ।
गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठ गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा अगाडि बढ्दै गर्दा बम विष्फोट भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मी पुगेर अनुसन्धान गरिरहेको छ ।
घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया