– नरेश केसी
भैरहवा, ३० कात्तिक । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बामपन्थीहरुको एकता राजनीतिक स्थायित्व र समृद्ध मुलुकको लागी भएको बताएका छन् ।
विहिबारदेखि भैरहवामा शुरु भएको राष्ट्रिय औद्योगिक, व्यापार, कृर्षि तथा पर्यटन महोत्सवको समुद्घाटन गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले भने– ‘हाम्रो गबन्धन कसैको विरुद्ध होइन । मुलुकमा ५ वर्ष सम्म टिक्ने बहुमतिय स्थायी सरकार सुनिश्चिता गर्दै मुलुकलाइ समृद्धि तर्फ लैजान हो ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब बाम गठन्धनको सम्पूर्ण ध्यान उद्योग, व्यापार, कृषि र पर्यटन माफर्त आर्थिक विकास गर्ने तर्फ हुने पनि बताए । उनले लुम्बिनीसंग आफ्नो गहिरो नाता भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री छदां लुम्बिनी देखि ल्हासासम्म रेलको सपना देखेर चिनियाँ समकक्षीसंग गरेको चर्चा अहिले योजनाबद्ध ढंगले शुरु हुन थालेको भन्दै खुसी पनि व्यक्त गरे ।
पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालका धेरै नेताहरुमध्ये रुपन्देही ३ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार घनश्याम भुसाल विचार र विकासका हस्ती भएको भन्दै संसदमा योजनाबद्ध ढंगले कुरा राख्ने सांसदको कमी भएको बेला उनको आवश्यक्ता खड्किएको समेत बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छेऊमै बसेका एमाले उपमहासचिव घनश्यामलाई देखाउदैं भने– “रुपन्देहीबासीले घनश्याम भुसाल र उहांका प्रदेश तर्फका सदस्य उम्मेदवार विश्वास बराल र तुलसी प्रसाद चौधरीलाई विजयी गराएर पठाउनुस् । यो जिल्ला मुलुकको नमूना जिल्ला बनाउन मेरो पुरै सहयोग हुन्छ ।”
लुम्बिनीदेखी ल्हासा रेल, कोरला नाका हुदैं बेलहिया सम्म यातयात, भैरहवामा सेजको सन्चालन, भैरहवालाई लोडसेडिंगमुक्त गर्न तथा लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटनको दीर्घकालिन खाका कोर्न रुपन्देहीमा बामगठन्धनको जित आवश्यक भएको उनको भनाई थियो ।
अध्यक्ष प्रचण्डले लुम्बिनी जस्तो महत्वपुर्ण विश्व सम्पदा भएको क्षेत्रमा विचार र विकास नबुझेका मान्छेलाई मत दिएमा त्यो विडम्बनापुर्ण हुने भन्दै अबको सरकारको नेतृत्व गर्ने बामगठबन्धनका प्रभावशाली नेता घनश्याम भुसाल लाई जिताउन बारम्बार आग्रह गरे । प्रचण्डले घनश्याम जत्तिको विचार र विकासका योजनाकारको अगाडी अन्य प्रतिसपर्धिलाई तुलना नै गर्न नमिल्ने भन्दै भने “तपाईहरु बामगठबन्धनलाई मत दिनुस् हामी स्थायी सरकार, समृद्धि र शान्ति दिनेछौं । ”
कार्यक्रममा एमाले उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार घनश्याम भुसालले अबको पालो कम्युनिस्टहरुको पालो भएको बताउदैं १० वर्षभित्र मुलुक समृद्ध बन्ने ठोकुवा गरे । प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार भुसालले भने “मुलुक बामपन्थीमय भएको छ । यसको श्रय प्रचण्डलाइ पनि जान्छ । यहां पनि चालकदलको मुख्य सदस्य हो । त्यसैले म भन्छु देशलाई अझै समृद्धि बनाउन तपाईहरु अझै एक ढिक्का भएर लाग्नुस् ।”
कार्यक्रममा उद्योग व्यापार संगठनका राष्ट्रिय अध्यक्ष श्यामबहादुर पाठकले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन बाम गठबन्धनको नेतृत्व आवश्यक भएको बताए ।
उनले उद्योग व्यापार संगठनले स्थानिय उत्पादन र बजार प्रबद्र्धनमा खेलको भुमिका प्रशंसनीय भएको उल्लेख गदै सरकारले स्थानिय उत्पादन र बजारलाई ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादवले उद्योग व्यवसाय फस्टाए मात्र देश समृद्धि बन्ने धारणा राखे । रुपन्देही क्षेत्र नम्बर ४ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार समेत रहेका यादवले कृर्षीको बैज्ञानिकरण र बजारीकरणमा सबैले ध्यान दिनुपर्ने बताए । सोही अवसरमा नेकपा माओवादी केन्द्रका नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा १ का उम्मेदवार विश्वास बराल (अनुप) ले बाम गठबन्धनले मात्रै देशका सबै समस्या हल गर्न सक्ने जिकीर गरे ।
कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले धेरै चुनौति र समस्याकाबीच पनि भैरहवाको महोत्सव ऐतिहासीक हुन गइरहेको बताए । उनले भने “महोत्सवमा दर्ता भएको ४ सय स्टल, महोत्सव उद्घाटन समारोह र दर्शक सहभागीताको हिसाबले नै यो महोत्सव ऐतिहासीक बन्दैछ ।”
आयोजक संस्थाका उपाध्यक्ष गिरीशचन्द्र त्रिपाठीले भैरहवामा स्थायी प्रदर्शनी स्थलकोलागी पहल गरिदिन सबैसंग आग्रह गरे । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले भैरहवाको महोत्सव सबैको महोत्सव भएकाले सबै मिलेर सफल पार्नुपर्ने बताए ।
महोत्सवमा विभिन्न पार्टिका केन्द्रिय नेताहरु, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्यहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा सरकारी कार्यलका प्रमुख एवं नागरिक समाजका अगुवाहरुको उल्लेख्खय सहभागीता रहेको थियो ।
















प्रतिक्रिया