२२ कार्तिक २०८३, आइतबार

चुनाव जित्नेमा ढुक्क छुः वाम उम्मेदवार नेपालु चौधरी

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालु चौधरी लामो समयदेखि राजनीतिक रुपमा सक्रिय छन् । उनी नेकपा एमाले कैलालीका उपसचिवको जिम्मेवारीमा छन् । इमान्दार, लगनशिल, कर्तव्यनिष्ट व्यक्तिको रुपमा चिनिने चौधरी हाल बामगठबन्धनका तर्फबाट कैलाली क्षेत्र नं. ५ बाट प्रदेशसभा १ का उम्मेदवार छन् । प्रचारप्रसार अभियानका क्रममा भेटिएका नेपालु चौधरीसँग चुनावी विषयमा केन्द्रित रहेर गरिएको कुराकानीका सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

१. तपाई प्रदेशसभा १ का उम्मेदवार हुनुहुन्छ, प्रचारप्रसार अभियानलाई कसरी अघि बढाइरहनुभएको छ ?

हो म बामगठबन्धनका तर्फबाट प्रदेशसभा १ को उम्मेदवार हुँ । मैले टिकट पाएदेखि नै प्रचारप्रसार अभियानमा लागेको छु । घरदैलो, टोलसभा, व्यक्ति–व्यक्तिसँग भेटघाट र आमसभामार्फत जनतासामु भोट मागिरहेको छु । त्यसमा बामगठबन्धनका सबै साथीहरु पनि चुनावप्रचारप्रसार अभियानमा हुनुहुन्छ । चुनाव नजिकिदै गएकोले प्रचारप्रसार अभियान तिब्र रुपमा चलिरहेको छ ।

२. तपाईको पक्षमा माहोल कस्तो देख्नु भयो त ?

मेरो पक्षमा मात्र होइन बामगठबन्धनको पक्षमा मतदाता देखिएका छन् । हामीले घरदैलो गर्दा जनताले काम गर्ने पार्टी तपाइकै हो, हामी तपाइलाई मत दिएर विजयी गराउँछु भन्ने प्रतिक्रिया पाएका छौं । यसले हामीलाई निकै उत्साहित बनाएको छ । काँग्रेसले लामो समयदेखि यो क्षेत्रबाट जितायौं तर उनीहरुले गरेका बाचा पूरा गरेनन् । अब गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ भन्ने जनताको मनसाय छ ।

३. तपाईका जित्ने आधारहरु के हुन् ?

हेर्नुहोस, पहिलो त नेकपा एमालेको संगठन नै हो । दोस्रो यो निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी तालमेल छ । त्यतिमात्रै होइन् । म लामो समयदेखि जनताको सुख दुःखमा साथ दिँदै आएको व्यक्ति हुँ । मलाई जनताले राम्रोसँग चिनेका छन् । अर्को कुरा यो क्षेत्रबाट नेपाली काँग्रेसले जित्दै आएको छ । उसले जनतासँग गरेका बाचा पूरा गर्न सकेन् । सधै झुटको राजनीति गर्दै आयो नेपाली काँग्रस । अब जनता नयाँ व्यक्ति, नयाँ पार्टीको प्रतिनिधिलाई जिताउनुपर्छ भन्ने पक्षमा छन् । नेपाली काँग्रेस भन्दा विकास गर्ने पार्टी बामगठबन्धननै हो भन्ने कुरा नै जित्ने आधार हुन् । म जित्नेमा ढुक्क छु ।

४. कुन चुनावी एजेण्डा लिएर जनतासामू गइरहनु भएको छ ?

स्थानीयस्तरमा देखिएका समस्याहरुलाई बढी केन्द्रित बनाएका छौं । विकास निर्माण, खानेपानी, स्वास्थ्य, शिक्षा,कृषि, पर्यटन, तटबन्ध, मुक्तकमैया, सुकुम्वासी समस्या समाधान गर्ने लगायतका कुरा लिएर जनतासामु गइरहेका छौं । त्यसका साथै देशको आर्थिक समबृद्धि र राजनीतिक स्थायित्वमा लागि बामगठबन्धनका उम्मेदवारलाई विजयी गराउनु होस् भनेर जनसमक्ष गइरहेका छौं ।

५. अन्त्यमा के भन्नुहुन्छ ?

म क्षेत्र नं. ५ प्रदेशसभा १ का जनतालाई भन्न चाहन्छु । म सधै तपाईको सुद,दुःखमा साथ दिने व्यक्ति हुँ । सधै काँग्रेसलाई यो क्षेत्रबाट जिताएर पठाउनुभयो तर परिवर्तनको अनुभूति भएको छैन् । यसपटक मलाई तपाईको अमूल्य मत दिएर विजयी गराई दिनुहोस् । मलाई जनताको सेवक भएर काम गर्ने अवसर दिनुहुनेछ भन्ने विश्वास छ ।