काठमाडौँ, ३० कात्तिक । फिस्टुला रोगीको उपचार गरिदिने भन्दै सिमावर्ती बजारमा ठगिने क्रम बढेको छ । भारतिय बजार पानी ट्याङ्कीमा विना अप्रेसन रोग निको पार्ने भन्दै नेपालीहरु ठगिने गरेका हुन् ।
उपचारको लागि त्यहाँ पुगेर जीवनमरण दोसाधमा फर्किएका एक नेपालीको घटना बाहिर आएपछि यो कुरा सार्वजनिक भएको हो । झापा शिव सतासी–१० का जयनारायण योगीलाइ पानी टयाङ्कीमा रहेको ‘माँ पाइल्स आर्युवेदिक क्लिनिक’ले उपचारको नाममा ठगेर जीवन नै बर्वाद पारेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ । शिव सतासीका स्थानियले आफुहरु ठगिएको र ज्यान समेत झण्डै गुमाएको स्थितीमा नेपाल फर्किइ उपचार गराएको पत्रकार सम्मेलन बताएका छन् ।
नेपाली ८० हजार तिरेपछि रोग पूर्ण रुपमा निको बनाइदिने भन्दै झापा शान्तिनगरका मध्यस्तकर्ता भुपेन्द्र भटराइले घरमा आइ फकाइ लाने गरेको बताइएको छ । मान्छेको शरिरबाट रगत पूर्ण रुपमा सुक्ने गरि खेर जादा समेत निको हुन्छ भन्दै उपचारको बाहानामा पैसा लुटिएको पीडित परिवारले बताएका छन ।
विरामी योगीको उपचारमा निको हुनुको सट्टा पुरै शरिरबाट रगत बग्न थालेपछि विर्तामोडको वि एण्ड सि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा समेत ६ पोका रगत चढाएपछि मात्रै योगीको होस आएको थियो । योगीलाई सघन उपचार कक्षमा राखि उपचार गरेर निको पारीएको थियो । बिहीबार योगीका परिवार र छरछिमेकीले अस्पताल परिसरमा नै पत्रकार सम्मेलन गरी ठगविरुद्ध जिल्ला प्रशासन कार्यलय झापामा उजुरी दिइसकिएको बताएका छन् । उनीहरुले दोषीमाथि कडा कारवाहीको माग समेत गरेका छन् ।












प्रतिक्रिया