ललितपुर, ३० कात्तिक । ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पाटनढोकास्थित युएन पार्कको नयाँ पुलमा महानगरीय प्रहरी प्रभाग पाटनढोकाबाट खटिएको प्रहरी टोलीलाई जाँच गर्नेक्रममा हातपात गर्ने ललितपुर महानगरपालिका–८ च्यासल बस्ने ५२ बर्षीय प्रेम महर्जन र सोही स्थान बस्ने ३१ बर्षीय उमेश महर्जनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी बा २ च ५९०८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुले महानगरीय प्रहरी प्रभाग पाटनढोकामा कार्यरत प्रहरी हवल्दार विनायक लाल यादवलाई हातपात तथा कुटपिट गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया