२९ आश्विन २०८३, बिहिबार

पथरी गोल्डकप आजदेखि सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballपथरी, ४ मंसिर । मोरङको पथरीमा बिहीबारदेखि दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल सुरु हुँदैछ । पथरी स्पोर्टिङ क्लबको आयोजनामा सुरु हुन लागेको गोल्डकप आगामी मंसिर १३ गतेसम्म चल्नेछ ।

गोल्डकपका सबै खेल पथरी–शनिश्चरे नगरपालिका–१ स्थित पथरी रङ्गशालामा हुने आयोजकले जनाएको छ । ए डिभिजन खेल्ने चारसहित काठमाडौँका पाँच, भारतका दुई तथा आयोजक पथरी स्पोर्टिङ क्लब, झापाको एन्फा कप विजेता झापा–११ र सुनसरीको डिसिटी तरहरा प्रतियोगितामा सहभागी हुने छन् ।

काठमाडाँैबाट नेपाल पुलिस क्लब, सरस्वती क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र चर्च ब्वाइज क्लब पथरी आउने छन् भने भारतबाट कञ्चनजङ्घा फुटबल क्लब दार्जिलिङ र सुनान्चु क्लब सिक्किम पनि सहभागी हुनेछन् । गोल्डकपको उद्घाटन खेल आज ब्वाइज क्लब काठमाडौँ र डिसिटी क्लब तरहरा सुनसरीबीच हुने आयोजक क्लबले जनाएको छ । प्रतियोगिताको विजेता टिमले यस वर्षदेखि दुई लाख दुई हजार तथा उपविजेता टिमले रु एक लाख एक हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।  रासस