काठमाडौँ, ३० कात्तिक । सोलुखुम्बु क्षेत्रको फोहोर व्यवस्थापन गर्नको लागि सो क्षेत्रमा ‘फोहोर व्यवस्थापन अभियान’ सञ्चालन गरिएको छ । सगरमाथा प्रदुषण व्यवस्थापन समिति (एसपीसीसी) र लुक्लामा रहेको हिमालयन क्लवको संयुक्त पहलमा यो अभियान सञ्चालन गरिएको हो ।
यो अभियानमा तारा एयरलायन्सले पनि सहकार्य गरेको छ । एयरलायन्सले एसपीसीसी र हिमालयन क्लवसँग सहकार्य गरी संकलित फोहोरलाई व्यवस्थापन गर्नको लागि काठमाडौँसम्म ल्याउन सहयोग गरेको एयरलायन्सले जनाएको छ । तारा एयरलायन्सले लुक्ला विमानस्थलबाट ९ उडानमार्फत ११ हजार केजी अजैविक फोहोर व्यवस्थापन गर्न सहयोग गरेको हो । सो सहयोग १० लाख रुपैयाँ बराबरको भएको एयरलायन्सले जनाएको छ । त्यहाँबाट ल्याइएको फोहोरलाई उपयुक्त पुनःचक्रण गर्नको लागि काठमाडौँ नगरपालिकाको जिम्मा लगाइएको छ ।
एयरलायन्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत यो अभियानमा सहयोग गरेको जनाएको छ । २०१६ मा पनि एयरलायन्सले १२ हजार केजी फोहोर व्यवस्थापन गर्न सहयोग गरेको थियो । यस्तो अभियानले युवा, स्थानीय उद्यमी तथा त्यस क्षेत्रमा घुम्न जाने पर्यटक पनि लाई फोहोर व्यवस्थापन गर्न प्रेरणा मिल्ने एयरलायन्सको विश्वास छ । तारा एयरलायन्स सोलुखुम्बु जस्तो विकट क्षेत्रमा सेवा दिने नेपालको एक मात्र एयरलायन्स हो ।












प्रतिक्रिया