१५ कार्तिक २०८३, आइतबार

कर नतिर्ने यी हुन् २७ ठूला करदाताहरू

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । सरकारले कर नतिर्ने २७ ठूला करदाताको नामावली सार्वजनिक गरेको छ ।

आन्तरिक राजश्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले पटक पटक ताकेता गर्दा पनि मूल्य अभिवृद्धिकर र आयकर तिर्न अटेर गर्ने २७ व्यवसायिक फर्म र तिनका सञ्चालकको नाम सार्वजनिक गरेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

कार्यालयले पटक पटक पत्राचार र फोन सम्पर्क गर्दासमेत बक्यौता नबुझाएका कारण सञ्चालकसहित व्यवसायिक फर्मको नाम सार्वजनिक गरिएको जनाएको छ।

कार्यालयले सार्वजनिक सूचना नै जारी गरी १५ दिनभित्र बक्यौता रहेको कर तिर्न आग्रह गर्दै कार्बाहीको चेतावनी पनि दिएको छ।

कार्यालयका अनुसार घरजग्गा व्यवसायी सुधिर बस्नेतको अग्नि एयर, कोहिनुर हिल आउजिङ र ओरियन्टल बिल्डर्स, सूचना प्रविधिका क्षेत्रमा स्थापित संजिबराज भण्डारीको मर्कन्टायल सिस्टम र सञ्जय गोल्छाको न्यूरेटिक नेपाल लगायतले कर तिरेका छैनन् ।

यस्तै प्रदीपशमशेर जबराको पेट्रोलिमक्स, सुमित रौनियारको पप्पु जेभिलगायत सातवटा फर्मले भ्याट तथा नेपाल टोबाटो कम्पनी, एभेरेष्ट पोलिमर्स लगायत ६ वटा फर्मले आयकर र भ्याट दुबै नतिरेको कार्यालयले जनाएको छ ।