६ कार्तिक २०८३, शुक्रबार

संविधानसभाको पूर्ण बैठक अविलम्ब बोलाउन सभामुखलाई कमल थापाको ज्ञापनपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaकाठमाडौँ, ४ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सभामुख सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाउनु भएको छ ।

संविधानसभाको पूर्ण बैठक अविलम्ब बोलाउन माग गर्दै उहाँले बिहीबार नेम्वाङलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।

निर्धारित समयमा संविधान निर्माण कार्य  पूरा गर्न संविधानसभाको पूर्ण बैकठ बोलाउन माग गरेको राप्रपाले जानकारी दिएको छ ।

‘थापाले ज्ञापनपत्र बुझाउँदै अध्यक्ष नेम्वाङलाई विधि र प्रक्रियाको टुंगो लगाउन पनि अबिलम्ब संविधानसभाको पूर्ण बैठक डाक्न आग्रह गर्नुभएको थियो ।