५ कार्तिक २०८३, बिहिबार

डोल्पामा दुई वर्षपछि हेलो नेपालको मोवाईल टावर बन्यो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रुपलाल बोहोरा

डोल्पा, ३० कात्तिक । दुई वर्षदेखि बन्द अवस्थामा रहेका हेलो नेपालका मोवाईल टावर पुनः सन्चालनमा आउने भएको छ ।

उपल्लो डोल्पाको एक मात्र सन्चार माध्यम हेलो नेपालको मोवाईल टावर दुई वर्षदेखि बन्द हुँदा उपल्लो डोल्पा लगायत तल्लो डोल्पाका विभिन्न ठाउँका स्थानीय बासिन्दा सन्चार विहीन भएका थिए ।

काईके गाउँपालिकाका स्थानीय बासिन्दा ओम रोका मगर र र्काइके गाउँपालिका वडा न ७ का वडाध्यक्ष रामचन्द्र रोकायाको पहलमा टावर मर्मत भएको हो ।

हेलो नेपालको टावर दुई वर्षपछि पुनः सुचारुमा आएको छ । यसरी काईके गाउँपालिकामा हेलो नेपालको टावर संचालनमा आएपछि त्यस क्षेत्रमका बासिन्दा अत्यन्त हर्सित भएको काईके गाउँपालिकाका युवा प्रकाश झाँक्रीले बताए ।