५ कार्तिक २०८३, बिहिबार

अग्नि मोटोइन्कको प्रशिक्षण कार्यक्रम सम्पन्न

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटोइन्क प्रा.लि.ले सर्भिस सल्लाह तथा प्राविधिक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

महिन्द्र टु ह्वीलरहरुको विक्री वितरण गर्दै आएको अग्नि मोटो इन्क प्रा.लिले नेपाल अधिराज्यभरका प्राविधिकहरुलाई २ दिनसम्मको प्रशिक्षण दिएको होे ।

उक्त प्रशिक्षणमा नेपाल अधिराज्यभरका १९ जना प्राविधिकहरु सहभागी भएका थिए ।

प्रशिक्षणमा अडर लिने प्रक्रिया, टुल्सहरुको जानकारी, गोस्टो स्कुटरको इन्जिन सम्बन्धी जानकारी, विभिन्न पार्टहरुको स्टकलाई कसरी व्यवस्थितगर्ने भन्ने कुरा, सर्भिसिङ्गगर्ने प्रक्रिया, कुनकुन समयमा कस्ता कस्ता पार्ट फेर्नु पर्दछ भन्ने जानकारीदेखि लिएर रिपोर्ट जेनेरेटसम्मको प्रशिक्षण प्रदान गरिएको थियो ।