६ कार्तिक २०८३, शुक्रबार

मोदी भ्रमणमा सुरक्षा सतर्कता कडा, सीमा क्षेत्रमा तालिम प्राप्त कुकुरमार्फत चेकजाँच सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modiलुम्बिनी (रुपन्देही), ४ मङ्सिर । सार्क सम्मेलनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउने दिन नजिकिँदै गर्दा नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मोदी भ्रमणको मिति नजिकिँदै गर्दा रुपन्देहीका सीमा नाकामा तालिम प्राप्त कुकुरमार्फत चेकजाँच सुरु गरिएको छ ।

जिल्लाको सबैभन्दा ठूलो बेलहिया नाकामा पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट ल्याइएका तालिम प्राप्त कुकुरद्वारा बुधबारदेखि चेकजाँच सुरु गरिएको प्रहरीले जनाएको छ ।

चेकजाँचका लागि ल्याइएका यी कुकुरले सुँघेर विस्फोटक पदार्थ ल्याए नल्याएको पत्ता लगाउन सक्ने प्रहरी सहायक निरीक्षक विक्रमबहादुर थापाले जानकारी दिनुभयो  ।

प्रहरी सहायक निरीक्षक थापाको कमान्डमा क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट चारजना प्रहरी कर्मचारीसहित दुईवटा कुकुर रुपन्देहीमा ल्याइएको प्रहरीले जनाएको छ । बुधबार प्रहरीले बेलहिया नाकामा कुकुरमार्फत चेकजाँच गरेका छन् ।

‘लेबरोटर र जर्मन सेर्फड नामक प्रजातिका दुईवटा कुकुरमार्फत रुपन्देहीका विभिन्न सीमा नाकामा चेकजाँच गरिरहने छौँ’, थापाले भन्नुभयो, ‘यी कुकुरले विस्फोटक पदार्थ सामग्रीहरु पत्ता लगाउने गरेका छन् ।’

भारतबाट आउने प्रत्येक ठूला साना सवारी साधन, पैदल यात्री, रिक्सा, साइकल सबैलाई कुकुर र प्रहरी कर्मचारीद्वारा चेकजाँच गराएरमात्रै नेपालमा भित्रिन दिने गरेको थापाले बताउनुभयो । रासस