२९ आश्विन २०८३, बिहिबार

उत्तर कोरियाले दियो आणविक परीक्षणको धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kimसउल, ४ मंसिर  ।  राष्ट्रसंघले देश छोडेर गएकाहरुलाई आधार मानेर उत्तर कोरियाको छवि बिगार्न मानव अधिकार हननको आरोप लगाएको भन्दै आणविक परीक्षणको धम्की दिएको छ।

आफूविरुद्ध मानवअधिकार हननको मुद्धा राष्ट्रसंघमा प्रस्ताव पारित भएपछि बिहिवार उत्तर कोरियाको विदेश मन्त्रालयले यस्तो धम्की दिएको हो । राष्ट्रसंघको प्रस्ताव अमेरिकाको इसारामा बनेको उत्तर कोरियाको आरोप छ ।

राष्ट्रसंघको मानव अधिकार समितिले मंगलवार उत्तर कोरियाले मानवताविरुद्धको अपराध गरेको भन्दै अन्तराष्ट्रिय फौजदारी अदालत हेगमा उभ्याउनु पर्ने प्रस्ताव सुरक्षा परिषदलाई पेश गरेको थियो।

बीबीसीले स्याटेलाइटबाट उत्तर कोरियाले आणविक परिक्षण गर्ने गतिविधि गरिरहेको देखिएको जनाएको छ। उत्तर कोरियाले यसअघि सन् २००६, २००९ र २०१३ मा पनि आणविक परीक्षण गरिसकेको छ।