२२ कार्तिक २०८३, आइतबार

कांग्रेस नेता भागवत चौधरी र रमेश खरेल एमालेमा प्रवेश

11.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २९ कात्तिक । नेपाली कांग्रेस सिमराका नेता भागवत चौधरी र रमेश खरेल आज एमालेमा प्रवेश गर्नुभएको छ । उहांका साथमा सयौं जना पनि पार्टी प्रवेश गरे ।

चौधरीले गत स्थानिय निर्वाचनमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदबार भई करिब ५ सय मत ल्याएर पराजित हुनु भएको थियो । खरेल २०५४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष हुनु भएको थियो ।

एमाले प्रवेश गरेपछि चौधरीले एमालेमात्र जनताको पक्षमा काम गर्ने पार्टी भएको र कांग्रेस जनताको पार्टी नभएको आफूलाई महसुस भएको बताउनुभयो ।

चौधरी र खरेलको एमाले प्रबेशपछि सो वडामा कांग्रेसको अवस्था अत्यन्तै नाजुक बनेको छ ।