५ कार्तिक २०८३, बिहिबार

चन्द्रागिरिलाई मेरिट अवार्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिटअवार्ड २०१७’ बाट सम्मानित भएको छ । स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस्तो सम्मानले सम्मानित गरिएको हो ।

अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभान र सिएनआईले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट संस्थापक अध्यक्ष एवम् संचालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गर्नुभएको हो । सम्मान ग्रहण कार्यक्रममा संचालकहरु एवम् महाप्रवन्धकको उपस्थिती रहेको थियो । चन्द्रागिरि हिल्स लिमिटेडलाई सोहि संस्थाले गतवर्ष पनि ‘बेष्ट डेसटिनेशन अवार्ड–२०१६’ ले सम्मानित गरेको थियो ।

‘नेपालबिजनेश एक्सलेन्स अवार्ड–२०१७’ को समापनको अवसरमा मङ्गलबार साँझ काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो । व्यावसायीक क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ ।

सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष एवम् संचालक ढकालले ‘चन्द्रागिरि हिल्स लिमिटेडले विश्वब्यापी व्यवसायका मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढेको अवस्थामा प्राप्तभएको सम्मानले आफु र आफ्नो समूहलाई झनै प्रोत्साहन मिलेको धारणा राख्नु भएको थियो ।’

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।