२२ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिमको समृद्धिमा म सँधै चिन्तित छु: नेता साउँद

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २९ कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री कञ्चनपुर निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका सदस्य उम्मेदवार एनपी साउदले कम्युष्टि गठबन्धनले जति प्रयास गरे पनि त्यो बालुवामा पानी हुने बताएका छन् ।

मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिका–९ मा आयोजित चुनावी प्रचारप्रसारमा बोल्दै उनले अहिले जनताले समृद्धि चाहेकाले साम्यवादको सपना बोकेर हिँडेका कम्युष्टिलाई जनताले पराजित गर्ने बताएका हुन् । काँगे्रेस निकटका र लोकततान्त्रिक गठबन्धनका उम्मेदवारको विजय निश्चित भएको साउँदको दावी छ । उनले लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर रहेको पनि बताए ।

मन्त्री हुँदा र नहुँदा पनि कञ्चनपुरको विकासका लागि समर्पित नेता साउँदले सिंगो देशसँगै सुदूरपश्चिमको समृद्धिका लागि आफू सत्तामा रहँदा पनि र नरहँदा पनि लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

शुक्लाफाँटा नगरपालिकाको मणिकाधामदेखि भिमदत्तनगरपालिकाको ब्रह्मदेवसम्म धार्मिक पदमार्ग निर्माणका लागि कार्य अगाडि बढाइएको उनले बताए । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यस पदमार्गले निकै मद्दत पु-याउने उनको विश्वास छ ।

लोकतान्त्रिक गठबन्धनका नेता विनोद विष्टले वैकल्पिक लोकतान्त्रिक शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको चर्चा गर्दै यसै कारणले नेपाली काँग्रेसलाई साथ दिएको बताए ।