५ कार्तिक २०८३, बिहिबार

नेपालमा व्यवसायिक विशिष्टताको लागि सिप्रदीलाई सुपर प्लाटीनम अवार्ड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २९ कात्तिक । सिप्रदी ट्रेडिङ्ग प्रालिले आफ्नो व्यवसायिक मान्यताअनुसार विशिष्ट रुपमा त्यसको पालना गरेको र ग्राहकमुखी सेवाहरु प्रदान गरे बापत सुपर प्लाटीनम अवार्ड प्राप्त गरेको छ ।

नेपाल उद्योग परिसंघ र अमेरिकामा प्रधान कार्यालय रहेको ‘फ्रस्ट एण्ड सुलेमान’ नामक आर्थिक तथा व्यवसायिक क्षेत्रको संस्थासँग साझेदारीमा बुधबार सम्पन्न ‘नेपाल बिजिनेस एक्सिलेन्स अवार्ड २०१७’ कार्यक्रममा उक्त अवार्ड सिप्रदीलाई प्रदान गरियो । नेपालको व्यवसायिक समुदायमा उक्त अवार्डलाई विशिष्ट दर्जामा मानिन्छ । विश्वमा मान्यता प्राप्त पाँच परिसूचकहरु जस्तैः दिगो आर्थिक तथा गैर आर्थिक फाईदाहरु, रणनीतिक साझेदारी, कर्मचारी तथा व्यवसायबीचको मैत्रीपूर्ण साझेदार, भरपर्दो व्यवस्थापन प्रक्रियाहरु त्था व्यापार उत्पादकर्ताको आधारमा कम्पनीको कार्यहरुलाई मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको हो ।

प्रतिस्पर्धी कम्पनीको व्यवसायिक योजना तथा त्यसको कार्यान्वयन, सेवाको गुणस्तर, उपभोक्ताको सन्तुष्टि, आर्थिक विकास, दिगो व्यवसायिक विकास, सामाजिक उत्तरदायित्व जस्ता पक्षहरुको विश्लेषण गरी बिजिनेस एक्सिलेन्स अवार्ड २०१७ प्रदान गरिएको हो ।

सिप्रदीको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले उक्त अवार्ड ग्रहण गर्दै भन्नुभयो, “हामीले जहिले पनि श्रेष्ठतम सेवाहरु प्रदान गर्नेमा जोड दिएका छौं र आज हामी फ्रस्ट एण्ड सुलेमानबाट पनि प्रमाणित भएका छौं । यो अवार्डलाई हामीहाम्रो सम्पूर्ण मान्य ग्राहक वर्गहरुमा समर्पण गर्न चाहन्छौं र भविष्यमा अझै राम्रो सेवा प्रदान गर्ने प्रण गर्दछौं ।” फ्रस्टएण्ड सुलेमानकाअनुसार अवार्ड प्राप्त गर्ने कम्पनीहरुलाई तिनको भविष्यको योजना, भविष्यमा आउने विभिन्न चुनौतीहरुको सामना गर्न सक्नेगरी प्रतिस्पर्धा क्षमता तथा विशिष्ट प्रक्रियाहरुलाई अवलम्बन गर्न सक्ने तयारी भएका आधारमा सम्मान गरिएको हो ।

सन् १९६१ मा अमेरिकामा स्थापना भएको फ्रस्ट एण्ड सुलेमान विश्वव्यापी रणनीतिक कार्यहरुको अग्रसर तालिएको कन्सल्टिङ्ग कम्पनी हो । यस कम्पनीको विश्वभर ४५ वटा अफिसहरु छन् जसमध्ये नेपालमा पनि एउटा कार्यालय छ ।

सिप्रदी ट्रेडिङ्ग प्रालि नेपालमा गाडीहरु र त्यससँग सम्बन्धित व्यवसायहरु संचालन गर्ने एउटा प्रतिष्ठित कम्पनी हो र सन् १९८२ देखि टाटामोटर्सको नेपालमा एक मात्र आधिकारिक बिक्रेता हो । विगत ३४ वर्षदेखि व्यवसायिक अग्रसरता लिदैं सिप्रदीले वार्षिक ३५० मिलियन डलरको आयका साथ गाडी, इनर्जी, लुब्रिकेन्ट्स, फाईनान्स सेवाहरु, ईक्वीपमेन्ट व्यवसाय आदिमा आफ्नो अग्रसरता राखेको छ । यस कम्पनीमा ७५० कर्मचारीहरु र ६५० जना सेवा कर्मचारीहरु कम्पनीको एक मात्र लक्ष्य गुणस्तरीय सामानहरु तथा सेवाहरु प्रदान गर्दै आफ्नो समस्त ब्राण्ड मुल्य मान्यतालाई पारस्परिक आधार बनाएर कार्यरत छन् ।