इलाम, ४ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले २२ दलीय मोर्चा त्यागेर संविधान निर्माणका लागि अघि बढ्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको छ ।
इलाममा बिहीबार बिहान सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले संविधान जारी गर्न कुनै पनि दलको दुई तिहाई बहुमत नपुग्ने भएकाले मिलेर संविधान जारी गर्नुको विकल्प नरहेको धारणा राख्नु भयो ।
‘सहमति र सहकार्यमा अघि नबढ्ने हो भने संविधानसभाले बनाएको जुन कार्यविधि प्रक्रिया हो, त्यहीबमोजिम संविधान जारी गर्नुपर्छ’, भन्नुभयो । अहिलेसम्म भएका उपलब्धिलाई टुङ्गो लगाउँदै जानुपर्छ र बाँकी असहमतिका बुँदालाई सहमतिमा अघि बढाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘संविधान नबनाउनेतर्फ अग्रसर हुनेलाई अब समयले पर्खंदैन, मुलुकले माघ ८ गते संविधान पाउँछ, उहाँले भन्नुभयो ।’















प्रतिक्रिया